काठमाडौं । शिवरात्रीको प्रसाद भन्दै गाँजा सेवन गरेर हल्ला गर्ने र बिक्री वितरण गर्ने ३९ जनालाई महानगरीय प्रहरी परिसरले पक्राउ गरेको छ ।

प्रहरीले दुई जना बाबालाई पनि पक्राउ गरेको बताएको छ । प्रहरीका अनुसार पक्राउ परेकाहरुलाई प्रहरी वृत, गौशालामा राखिएको छ । यसैबीच, प्रहरीले तीर्थालुहरुको अत्यधिक भीड हुने पशुपति क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाएको छ ।

भीडमा हुन सक्ने सम्भावित घटनाहरुलाई मध्यनजर गर्दै ४ हजार ५ सय प्रहरी परिचालन गरिएको छ । त्यसमा मध्येमा १ सय ५० जना सादा पोशाकका महिला प्रहरी समेत छन् ।

Comments

comments