काठमाडौँ । बलिउड नायिका सोनम कपुरले ट्वीटद्वारा माफी मागेकी छिन्। प्याडम्यान मार्फत पछिल्लो समय चर्चामा छाएकी सोनमले बलिवुडकै अर्की नायिका सोनाक्षीसंग माफी मागेकी हुन्।

केही दिन अघि नायिका नेहा धुपियाको टक सोमा ‘कहिले कुनै बलिउड स्टारले अनावश्यक रूपमा एटिच्युड देखाएको छ ?’ भनी सोधिएको जवाफमा सोनाक्षीले ‘सोनमले एकपटक एटिच्युड देखाएको र त्यो अनावश्यक लागेको’ बताएकी थिइन् । त्यसको जवाफमा सोनमले माफी मागेकी हुन् । उनले लेखेकी छिन्, ‘सोनाक्षी, म सर्वदा तिमीसित नरम छु । कहिले एटिच्यूड देखाएँ याद छैन, तर तिमीलाई त्यस्तो लाग्छ भने मलाई माफ गरिदेऊ’।

सोनमको उक्त ट्वीटको पनि सोनाक्षीले प्रतिउत्तर दिएकी छिन्। उनले लेखेकी छन्, ‘यो सबै एउटा शो को हिस्सा हो । हामी सबै यस्तो सोको अंश बनेका छौँ, जहाँ हामीलाई यस्तो बोल्न लगाइन्छ । त्यसैले यी कुराहरूलाई गम्भिरताका साथ नलेऊ ।’

नेहा धुपियाको टक सोको उक्त भागमा सोनाक्षी र मनिष मल्होत्रा अतिथि रहेका थिए। मनिषले भने सोनमको बारेमा बोल्दा भनेका थिए , ‘उनी बलिउडकी फेसनेबल र सानदार नायिका हुन् । मलाई लाग्छ, सोनममा काफी प्रतिभा छ । सोनमले अझै धेरै फिल्म गर्नुपर्छ ।’

Comments

comments