काठमाडौं । कांग्रेस नेता विमलेन्द्र निधि बिरामी भएका कारण अस्पताल भर्ना गरिएको छ। उनलाई ज्वरोसहित छातिको संक्रमणको आशंकामा सोमबार साँझ ओम अस्पतालमा भर्ना गरिएको हो ।

निधिलाई ६–७ दिनदेखि ज्वरो आएपछि एन्टिबायोटिकले स्थिति नियन्त्रणमा नआएपछि छातिमा संक्रमण भए नभएको निक्र्यौंल गर्न अस्पतालमा भर्ना गरिएको हो।

चुनावी धपेडीमा रहेका निधिलाइ सास फेर्न असजिलो भएपछि थप परीक्षणको लागि भर्ना गरिएको उपचारमा संलग्न डा.राहुल पाठकले बताए । हाल निधिको सम्पूर्ण परीक्षण गर्नुको साथै छाति रोग विशेषज्ञहरु पनि उपचार प्रकृयामा संलग्न छन ।

डा.पाठकले विभिन्न परीक्षण प्रतिवेदनलाई अध्ययन गरेपछि थप उपचार निश्चित गरिने बताए । निधि केही महिनाअघि समेत अस्वस्थ भएर अस्पताल भर्ना भएका थिए ।

Comments

comments