बिबिसी । राजदुतको घरबाट डेढ करोडको रक्सी चोरी भएको छ । पाकिस्तानमा उत्तर कोरियाका राजदूतको घरबाट ह्विस्की, बियर र वाइनको बोतल चोरी भएको हो ।

राजदुतको घरबाट तीन जना प्रहरीले रक्सी चोरी गरेको खुलेको छ । समाचार एजेन्सी रोयर्टसका अनुसार जानी बाकर, ब्लैक लेवल रक्सीको एक हजार भन्दा धेरै बोतल चोरी भएका छन् । चोरी बजारमा एक बोत्तल रक्सीको मुख्य नेपाली आठ हजार भन्दा बढी पर्छ ।

घटना दर्ता भएको कोहसर प्रहरी थानाका प्रहरी प्रमुख अस्जद महमूदले बीबीसीसँग भने, ‘तीन प्रहरी गैरकानुनी तरिकाले राजदूतको घरमा पसे, त्यहाँ ठूलो मात्रमा रक्सी भेटियो । तर, उनीहरुले आफ्ना उच्च अधिकारीलाई सूचना दिनुको सट्टा रक्सी आफै लिएर गए ।’ प्रहरीहरु अहिले पक्राउ परिसकेका छन्।

अक्टुवरको महिनको शुरुमै पाकिस्तानमा उत्तर कोरियाका राजदूत ह्योन की योङले इस्लामाबादस्थि आफ्नो घरमा चोरीको रिपोर्ट दर्ता गराएका थिए । उनले प्रहरीलाई बताएका थिए कि, उनको घरबाट केही हजार अमेरिकी डलर र राम्रो मदिरा चोरी भयो ।

पाकिस्तानमा मुसलमानका लागि रक्सी सेवन गैरकानुनी हो, यसैकारण यहाँ रक्सी सजिलै पाइदैन । राजदूतलाई रक्सीका लागि व्यक्तिगत भत्ता दिने गरिन्छ ।

Comments

comments