मेलबर्न । अष्ट्रेलियामा नेपालीहरुको संख्या वर्षेनी बढिरहेको छ । समुदायकै रुपमा एक भएर विभिन्न काममा हातेमालो गर्दै अगाडी बढ्दै गरेका नेपालीहरुले नेपाली मौलिकता तथा संस्कृतीको सम्बर्द्धनको लागि विभिन्न कार्यक्रमहरु गर्दै आइरहेका छन् ।

देशबाट टाढा रहेर पनि आफ्नो नेपालीपनलाई माया गर्ने नेपालीहरुले अहिले बडा दशैँको लागि पनि कार्यक्रमको आयोजना गरेका छन् । सबै नेपालीहरुलाई शुभकामना दिदै अष्ट्रेलियन नेपलिज बहुसांस्कृतिक केन्द्रले सामुहिक घटस्थापना र दुर्गा पुजा आयोजना गर्न लागेको हो।

आयोजकका अनुसार घटस्थापनाको दिन विधीवत् रुपमा जमरा रोप्दै नौ दिन सम्म पुजा पाठ गरि जमरा उमारिने र दशमीको दिन टिका र जमरा वितरण गरिने छ। विधिवत् रुपमा संस्कार भवन 69 Wadhurst Drive Boronia Vic ३१५५मा जमारा राखिसकेपछि दर्शनको लागि हरेक दिन बिहान ७.३० देखि ११ बजे सम्म र हरेक साँझ ५ बजे देखि ८ बजे सम्म खुला राखिनेछ ।

आयोजकले बनाएको समय तालिका अनुसार २१ सेप्टेम्बर बिहिबार अर्थात् घटस्थापना को दिन बिहान ६:३० बजे: घटस्थापनामा (श्री शंकर गौतम ज्युबाट र
२४ सेप्टेम्बर आइतबार, बिहान ७:३० बजे देखि १०.३० सम्म श्री दिपक पन्त र श्री बहिनि बाबा पन्तबाट पूजा कार्यक्रम रहेको छ । त्यस्तै ३० सेप्टेम्बर शनिबार, टिकाको दिन, बिहान ७:३० बजे देखि १०.३० सम्म बिसर्जन, टिका र जमरा वितरण कार्यक्रम रहनेछ ।

संस्कार भवनमा आउन नभ्याउनेहरुको लागि मूल जमरा विभिन्न ठाउँमा पुर्याउने योजना रहेको आयोजकले बताएका छन् । कार्यक्रम सम्बन्धी विस्तृत जानकारीको सुरेश क्षेत्री (०४०१७७३०२) र रंजन बैद्य (०४१०५४५५२०) लाई सम्पर्क गर्न सकिनेछ ।

Comments

comments