बर्दिया । निरन्तर परेको वर्षातका कारण बर्दियाको विभिन्न स्थानका पाँच हजार एक सय तीन जनाको उद्धार गरिएको छ ।

प्रहरीका अनुसार बाढी आउनेक्रम बढेपछि स्थानीयलनई सुरक्षित स्थान तर्फ सारिएको छ । ठाकुरबाबा नगरपालिकाको रानीपुर भुरीगाउँ बजार जलमग्न बनेको छ ।

रानीपुर भुरीगाँउका साथै मधुवन नगरपालिकाको–१ को दुर्गानगर, छोट्की टडुवा र पथ्थर भोजीका अधिकांश घर डुवानमा परेका छन् ।

यता मधुवन नगरपालिका–२ का सबै घर डुवानमा परेको स्थानीय प्रहरीले जानकारी गराएको छ । यस्तै गुलरीया नगरपालिकाका गुजराना, नर्सरीटोल, गणेश टोल, बालापुर, सन्तोषी टोल, सूर्यगौडि, टडुवा,लालपुर ,कोठियागाउँ तथा महजिदिया का अधिकासं घर डुवानमामा परेका छन् ।

निरन्तरको वर्षातका कारण बारबर्दिया नगरपालिकाका मगरागढीको गेरुवा,रानीपुर,खन्तीपुरका अधिकासं घर डुवानमा परेका छन् । यस्तै बारबर्दिया नगरपालिकाको ढुंग्रहीमा डुवानमा फसेका कम्तीमा १६ जना मानिसको उद्धार भएको प्रहरीले जनाएको छ । बासँगढी नगरपालिकाको कुनैठीमा भने ८० घर डुबानमा परेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments