धनकुटा । श्रीमतीले चुनाव हारेको झोकमा यहाँका एक पुरोहितले आफ्ना १९ घर जजमान बहिष्कार गरेका छन् ।

पुरोहित हरिप्रसाद दाहालकी पत्नी रीता कांग्रेसको तर्फबाट छथर जोरपाटी गाउँपालिका–५ मा महिला सदस्य उम्मेदवार थिइन् ।

कम्तीमा ६ सय मत आउने अनुमान गरेका दाहाल पत्नीको १ सय ३७ मत मात्रै आएपछि आक्रोशित बनेका हुन् । ‘मेरी पत्नीको पराजयमा आफ्नै जजमानको मुख्य हात रह्यो,’ दाहालले भने, ‘१६ परिवार जजमानले मत दिएको भए जित निश्चित हुन्थ्यो ।’ दाहालले जजमानको घरमा मृत्युपछिको ‘मासिक’समेत नगरिदिएपछि गाउँमा खैलाबैला मच्चिएको छ ।

महिनाअघि निधन भएकी आमाको मासिकका लागि तयारीमा बसेका छथर जोरपाटी गाउँपालिका–५ ताम्लिङका राजेन्द्रप्रसाद चापागाईंलाई पुरोहित दाहालले मंगलबार अबेर फोनबाट ‘चुनावमा भोट नदिएकाले नआउने’ जानकारी दिएका थिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments