सिन्धुपाल्चोकको पहिरोमा परेका  बिस्थापितहरुलाई सहयोग गरेका मह जोडी ३५० पोका राहत सामग्री लिएर बाँकेको बनकटुवा पुगे | मानखोला तटीय क्षेत्र र बनकटुवाका बाढी पीडितलाई राहत सामग्री वितरण गर्दै मदनकृष्ण श्रेष्ठले भने ” कोशीका बाढीपीडित राहत कोषमा जम्मा भएको केहि समग्रि लिएर आएका हौँ , केहि दानी ब्यापारीले दिएको सानो सहयोगले एक दुई छाक भने पनि टरोस भन्ने हाम्रो चाहाना हो |  सोहि क्रममा कलाकार हरिवंश आचार्यले भने  ” यस्तो दुख कहिल्यै कसैलाई नपरोस् , दुखमा परेकाहरुलाई राज्यले छिटो भन्दा छिटो हेरोस् |”

कलाकारहरुले पुर्याएको सहयोग प्रति पिडितहरुले आभार ब्यक्त गर्दै सबैको मन यस्तै फराकिलो भैदिए अप्रत्याशित आएको दुख झेल्न अरु सजिलो हुने बताए |

Comments

comments