काठमाडौं । छोराछोरीको सम्पत्तिमाथि बाबु आमाको हक लाग्ने कानूनी व्यवस्था बन्ने भएको छ । आधुनिकीकरणसँगै निम्तिएको सामाजिक विखण्डीकरणका कारण बाबु आमालाई छोराछोरीले वेवास्ता गर्ने प्रवृत्ति बढ्दै गएपछि महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले छोराछोरीको सम्पत्तिमाथि बाबुआमाको पनि हक लाग्ने कानूनी व्यवस्था गर्न लागेको हो ।

महिला बालबालिका तथा समाज कल्याण मन्त्री कुमार खड्काले बाबुआमाको पुख्र्यौली सम्पत्तिमा छोराछोरीको हक दाबी लागे जस्तै छोराछोरीले आर्जन गरेको सम्पत्तिमा बाबुआमाको पनि हक लाग्ने कानूनी व्यवस्था बनाउन लागिएको बताउँनुभयो । यस्तो व्यवस्था लागू भए बूढ्यौलीमा सहाराविहीन भएर वृद्धाश्रम धाउनेहरुको संख्यामा कमी आउने उहाँको विश्वास छ ।

हाल अर्थमन्त्रालय लगायतका सरोकारवाला मन्त्रालयहरुसँग यसबारेमा परामर्श भैरहेको उहाँले बताउँनुभयो । यो कानून पारित भए छोराछोरीको पेन्सनबाट बाबुआमाको नाममा निश्चित हिस्सा स्वतः काटिएर जाने मन्त्री खड्काले बताउँनुभयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

 

Please follow and like us:

Comments