INSIDE AUS

अष्ट्रेलियामा शिक्षण पेशामा अवसर

teacher

मेलबर्न । अष्ट्रेलियामा आउने व्यक्तिहरुको लागि पछिल्लो समयमा शिक्षण पेशा आकर्षणको क्षेत्र बनेको छ । सानो आकारको कक्षाकोठा र उच्चस्तरको जीवनशैलीले गर्दा अष्ट्रेलियाको शिक्षण पेशाले धेरैलाई आकर्षित गरेको हो । अष्ट्रेलिया सरकारले स्थानियद्वारा पूर्ति हुन नसकेका खाली पदहरु भर्नको लागि मात्र नभई स्कूलहरुलाई सांस्कृतिक रुपमा धनि बनाउनको लागि समेत शिक्षण पदमा विदेशीहरुलाई अवसर उपलब्ध गराइरहेको छ ।

शिक्षण पेशामा प्राथामिकतामा परेका विषयहरु

अष्ट्रेलियामा विज्ञान, गणित, अंग्रेजी विषय लगायत डिजाइन एण्ड टेक्नोलोजी, फुड टेक्नोलोजी, हस्पिटालिटी विषयका शिक्षकहरुलाई राम्रो अवसर रहेको छ । प्राथमिक तहमा भने स्थायी शिक्षकहरुको माग कम छ । तर प्राथमिक शिक्षासंग सम्बन्धित अरु कामहरु पाइन सक्छन् ।

शिक्षण पेशाको लागि प्रक्रिया

अष्ट्रेलियामा शिक्षण पेशामा लाग्न चाहनेहरुले आफूलाई उक्त पदको लागि सक्षम देखाउने गरी, शैक्षिक योग्यता र शिक्षण अनुभवका प्रमाणपत्रहरु, आफ्नो विद्यार्थीहरुले गरेको कार्य विवरण, पढाउँदै गरेको भिडियो आदि पर्याप्त प्रमाणहरु बुझाउनुपर्ने हुन्छ ।

काम सुरु गर्नुअघि आफूले काम गर्न लागेको क्षेत्र, स्कूलको अवस्था र त्यो क्षेत्रका स्कूलहरुले दिदै आएको तलब स्केल र सेवा सुविधा आदिको बारेमा राम्ररी जानकारी लिनुपर्छ । त्यसका लागि विभिन्न माध्यमबाट शिक्षण पेशामा लागेका व्यक्ति तथा समूहसंग सोधपूछ गर्नु बुद्धिमानी ठहरिन्छ ।

सामुदायिक स्कूलमा पढाउनको लागि आफूले जुन राज्यमा पढाउने हो, त्यही राज्यमा दर्ता हुनु अनिवार्य छ । तर निजी स्कूलमा पढाउनको लागि भने कुनै छेकवार छैन ।

शिक्षण पेशामा तलब स्केल

सामुदायिक क्षेत्रमा ४२,००० डलरबाट सुरु हुने तलब स्केल ८–९ वर्षमा वार्षिक ६८,००० डलरसम्म हुन सक्छ । न्यू साउथ वेल्स र निजी क्षेत्रमा यो भन्दा केहि बढी पनि हुनसक्छ । प्रधानाध्यापक, हेड अफ डिपार्टमेन्ट आदि उच्च पदको तलबस्केल वार्षिक १००,०० डलरसम्म सम्म हुन्छ ।

पेश गर्नुपर्ने आवश्यक कागजातहरु

–सबै तहका सम्पूर्ण शैक्षिक प्रमाणपत्रहरु

–शिक्षण पेशा अनुभवको प्रमाणपत्रहरु

–शिक्षक अनुमतिपत्र

–अनुगमन भएको शिक्षण अभ्यासको प्रमाण

–ग्राजुएसन पछिका सम्पूर्ण कामका अनुभवपत्रहरु

–अंग्रेजी भाषा दक्षताको प्रमाण

–अंग्रेजीमा अनुवाद गरिएका सम्पूर्ण प्रमाणपत्रहरूका प्रमाणित गरिएका प्रतिलिपिहरू ।

हिमालयन कङ्गारु करियर डेस्क

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Most Popular

To Top