काठमाण्डौ । सरकारले निजामती कर्मचारीको उमेर हद दुई वर्ष बढाएर ६० वर्ष पु¥याउने अन्तिम तयारी गरेको छ। निजामती कर्मचारीको पदावधी बढाउन सरकारले निजामती सेवा ऐन २०४९ को पाँचौ संशोधन प्रक्रिया अघि बढाएको हो।

सामान्य प्रशासन मन्त्रालयले ऐन संशोधनका लागि मन्त्रिपरिषदमा प्रस्ताव पेश गरेकोमा परामर्शका लागि लोकसेवा पठाउने निर्णय भएको छ। बुधबार बसेको मन्त्रिपरिषद बैठकले ऐन संशोधनको विषय परामर्शका लागि लोक सेवा आयोगमा पठाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले बताए। सरकारले एउटै किसिमको सेवामा फरक – फरक उमेर हद देखिएकाले एकरुपता बनाउन पदावधी बढाउन लागेको जनाएको छ।

सामान्य प्रशासन मन्त्री मन्त्री केशवकुमार बुढाथोकीले एकै प्रकृतिका सेवामा समेत उमेर हदमा एकरुपता नभएकोले पदावधी बढाउन लागिएको बताए। ‘शिक्षा सेवामा ६० वर्ष छ, स्वास्थ्यमा ६० वर्ष छ, संसदमा पनि ६० बर्ष नै छ, तर मेरै मन्त्रालय मातहत एकरुपता नभएकाले मात्र उमेर हद २ वर्ष बढाएर ६० बनाउँदै एकरुपता कायम गर्न खोजेको हुँ,’ मन्त्री बुढाथोकीले राजधानीसँग भने। उनले नेपालीको सरदर औसत आयु बढेकाले पनि २ वर्ष उमेर बढाउन अनुकुल हुने देखिएकोले प्रक्रिया अगाडी बढाइएको प्रष्ट पारे। यसअघि, सामान्य प्रशासन मन्त्री रेखा शर्मा हुँदा पनि निजामती कर्मचारीको उमेर हद ६० वर्ष पु¥याउने गृहकार्य गरिएको थियो। तर, अब प्रविधिमैत्री कर्मचारी आवश्यक हुने भएकाले पुरानालाई अवकाश नै दिएर नयाँ कर्मचारी ल्याउनेमा सरकारको ध्यान पुग्नुपर्ने विषय उठेपछि सो समयमा मन्त्री शर्माले प्रस्ताव रोकेकी थिइन्।

Comments

comments