अष्ट्रेलिया

एनआरएन अष्ट्रेलियामा विधान संशोधन सम्बन्धी विवाद

nrna

मेलबर्न । एनआरएन अष्ट्रेलियामा विवाद संशोधन सम्बन्धी विवाद देखिएको छ ।

विधानतः दुई कार्यकालभन्दा बढी सिड्नीबाट अध्यक्ष पदमा उम्मेद्वारी दिन नपाउने प्रावधानको वावजुद यस वर्ष सिड्नीले पनि उम्मेदवारी दाबी गर्ने योजना सावएजनिक भएपछि विवाद देखिएको हो ।

विधान संशोधन सम्बन्धी देखिएको विवाद टुङ्ग्याउन एनआरएनले शनिवार विशेष वैठक डाकेको छ । सोही बैठकबाट विवाद टुंगो लाग्ने अपेक्षा गरिएको छ । विधानतः दुई कार्यकालभन्दा बढी सिड्नीबाट अध्यक्ष पदमा उम्मेद्वारी दिन नपाउने प्रावधानका कारण विवाद देखिएको हो । यस वर्षको निर्वाचनमा सिड्नी बाहेकबाट अध्यक्ष पदमा उम्मेद्वरी दिने विधानमा उल्लेख भएपनि यसलाई संशोधन गरेर सिड्नीले पनि अध्यक्ष पदमा उम्मेद्वारी दिन पाउनुपर्छ भन्दै त्यहाँको न्यूसाउथवेल्स राज्य परिषद्ले आफ्नो असन्तुष्टी जाहेर गरेको छ । तर अन्य राज्य समितिहरुले भने विधानतः यसको कार्यान्वयनमा जोड दिएका छन् ।

यो शनिबार सिड्नीमा हुन लागेको बैठकले विधान संशोधन समितिको सिफारिशउपर छलफल गरी निर्णय गर्ने बताइएको छ । सोही दिनको बैठकले एनआरएन अष्ट्रेलियाले आयोजना गरेको ब्रिसबेन, सिड्नी र मेलबर्नको नेपाल महोत्सवको समेत समिक्षा गरिनेछ ।

यसैगरी सोसियल वेलफेयर फन्ड र स्टुडेन्ड वेलफेयर फन्डको नीतिका विषयमा समेत छलफल गरी यसलाई टुंगो लगाउने श्रोतले बताएको छ । यसका साथै एनआरएनले नयाँ सदस्यताका खोल्ने विषय र सदस्यताका केही प्रावधानहरुलाई परिमार्जन समेत गर्ने बताइएको छ । एक पटक सदस्यता लिएपछि दुई वर्षका लागि हुनेगरी परिमार्जन गर्ने एनआरएनको तयारी छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Most Popular

To Top