समाचार

सुन तस्करीको विषयमा हल्ला नगर्न गृहमन्त्री निधिको आग्रह

bimalendra_nidhi

काठमाडौं । गृहमन्त्री विमलेन्द्र निधिले हालै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बरामद गरिएको ३३ किलो सुन प्रकरणलाई सतहमा नल्याउन आग्रह गर्नुभएको छ ।

व्यवस्थापिका संसदको अर्थ समितिको वैठकमा गृहमन्त्री निधिले अनुसन्धानको प्रक्रियालाई गोप्य ढंगले संचालन गर्दा मात्रै अपराधीहरुलाई नियन्त्रणमा लिन सहज हुने स्पष्ट पार्नुभयो ।बिहीबार त्रिभुवन विमानस्थल नजिकैबाट ३३ किलो सुन बरामद भएको विषयले धेरै चर्चा पाईरहेका बेला गृहमन्त्री निधिले सुन तस्करीको विषयलाई व्यापक बहसको विषय नबनाई दिन समितिका सदस्यहरुलाई आग्रह गर्नुभएको हो ।

यसैबीच अर्थ समितिले ३३ किलो सुन तस्करीमा संलग्नलाई पहिचान गरी संगठित अपराध अन्तरगत मुद्धा चलाउन सरकारलाई निर्देशन दिएको छ । राजस्व चुहावट र सुन तस्करी रोक्न अधिकारसम्पन्न उच्चस्तरीय छानबिन समिति गठन गर्न पनि सरकारलाई समितिले निर्देशन दिएको हो । बैठकले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हुने अनियमितताबारे सचेत गराएको हो । समितिका सभापति प्रकाश ज्वालाले विमानस्थलमा कार्यरत कर्मचारीको मिलेमतोमा नियमित रुपमा अवैध सुन तस्करी र राजस्व चुहावट भएको पुष्टि भएको भन्दै विमानस्थलमा कार्यरत प्राविधिक र प्रशासन समुहका सबै कर्मचारीलाई जगेडामा राखेर नयाँ कर्मचारी पठाउन अर्थ मन्त्रालयलाई समितिले निर्देशन दिएको बताउँनुभयो ।

दुई दिनसम्म चलेको समितिको छलफलमा विमानस्थलका कर्मचारीको मिलेमतोमा तस्करीका घटना हुने गरेको नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले आरोप लगाएको थियो ।

Comments

comments

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Most Popular

To Top