समाचार

हैसियतबिनाका पूर्व राजाको अभिव्यक्तिको कुनै अर्थ छैन : केपी ओली

oli

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा अब राजाको हैसियतमा नभएकाले बेलाबेलामा आफ्नो बक्तव्य जारी गर्नुको कुनै औचित्य नरहेको स्पष्ट पार्नुभएको छ ।

प्रेस चौतारी झापाले बुधबार दमकमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले ज्ञानेन्द्र शाह पनि आम नागरिक जस्तै एक नेपाली नागरिक भएकाले मुलुकको चिन्ता गर्नु भने स्वभाविक भएको बताउँनुभयो । पूर्वप्रधानमन्त्री समेत रहनुभएका ओलीले राजगद्धीबाट बाहिरिए पनि देशप्रति लोभ हुनु स्वभाविक भएको बताउनुभयो ।

अर्को प्रसंगमा, अध्यक्ष ओलीले संविधान संशोधन मधेशी जनताको हितमा नभई केही मधेशी नेताको हितका लागि ल्याईएको आरोप पनि लगाउनुभयो । त्यसैले संसदमा टेबुल भएको संविधान संशोधन विधेयक कुनै पनि हालतमा पास हुन नदिने उहाँले अडान दोहोर्याउँनुभयो ।

सरकारले संविधान संशोधनको नाममा हिमाल, पहाड र तराईमा मिलेर बसेका जनताको साम्प्रदायिकता भड्काउन खोजेको ओलीको आरोप थियो । ओलीले अहिलेको सरकार गठन प्रक्रिया नै गलत भएको जिकिर गर्दै वर्तमान सरकारको औचित्यमाथि समेत प्रश्न गर्नूभयो । उहाँले संविधान कार्यान्वयन गर्न निर्वाचनमा जानुपर्ने उल्लेख गर्दै अबको निर्वाचनबाट एमाले पुनः सरकारमा पुग्ने दाबी गर्नुभयो ।

Comments

comments

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Most Popular

To Top