समाचार

देशमा सरकार खोज्ने अवस्था आइपरेको महको भनाई

maha

काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले पुनर्निर्माणको गति सुस्त भएकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

भूकम्पबाट क्षति भएको गोरखा र धादिङका दुई विद्यालयलाई आर्थिक सहयोग हस्तान्तरण गर्न हेल्प नेपाल नेटवर्कले आयोजना गरेको कार्यक्रममा उहाँले भूकम्प गएको दुई वर्ष भइसक्दा पनि पीडितहरु त्रिपालमुनी र टिनको सुरुङभित्र बसिरहेको उल्लेख गर्दै सरकारलाई खोज्ने बेला आएको बताउनुभयो ।

कार्यक्रममा कलाकार मदनकृष्ण श्रेष्ठले भूकम्पले राजनीतिकर्मीहरुलाई जनताको विश्वास दिने अवसर दिएपनि सरकारले यसको फाइदा उठाउन नसकेको बताउनुभयो । उहाँले सरकारले पुनर्निर्माण गरेर भोट बढाउने मौकालाई चुकाएको भन्दै सरकारलाई व्यङ्गय गर्नुभयो ।

कार्यक्रममा महजोडीले सरकारले पुनर्निर्माणमा अझै ढिला गर्नु गलत हुने धारणा समेत व्यक्त गर्नुभयो ।

हेल्प नेपाल नेटवर्कले भूकम्पबाट क्षति भएको गोरखा र धादिङका दुई विद्यालयलाई ८० लाख आर्थिक सहयोग गरेको हो । भूकम्पपछिको पुनर्निर्माण गर्न र विद्यार्थीहरुलाई विद्यालयको कोठामा पठनपाठन गर्नको लागि उक्त रकम सहयोग गरिएको हो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Most Popular

To Top