काठमाडौं । नयाँ नेपाली चलचित्र लालटिनको ह्वीस्की गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ ।

विनोद ढकाल, सोमिया बराइली र किरण माइकलको स्वर रहेको यो गीत हिपहप र पप शैलीको फ्युजनमा तयार पारिएको छ । गीतसँगै फिल्मभित्रका एक्सक्लुसिभ स्थिर तस्विरहरु पनि प्रस्तुत गरिएको छ ।

दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी, अर्जुनजंग शाही, ए गुरुङ, नीर्जन थापा, राज कट्वाल अभिनित फिल्मलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् । ह्वीस्की गीतलाई दर्शक एवं श्रोताले रुचाउने विश्वास लिइएको छ । भानुप्रतापको प्रस्तुति, अनिम श्रेष्ठ र राज केसीको निर्माण एवं मनोज राजभण्डारी र दीपक श्रेष्ठको सह निर्माण रहेको फिल्मलाई एमसन पिक्चर्सको ब्यानरमा निर्माण गरिएको हो ।

चलचित्र लालटिन आगामी चैत १८ गते रिलिज हुनेछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments