समाचार

सभामुखले झुक्याएर टेबुल गरेको संशोधन विधेयक पास हुन दिन्नौं : ओली

oli

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा टेबुल भएको संविधान संशोधन विधेयक कुनै हालतमा पास हुन नदिने बताउनुभएको छ ।

ओलीले चुनाव सम्बन्धि विधेयक पास गर्न हटाएको ससद् अवरोधको मौका छोपी संसोधन विधेयक टेबुल भएको जिकिर गर्नुभयो । गृहनगर झापाको दमकमा निर्माण भएको आकाशे पुलको उद्घाटन गर्दै ओलीले धेरै जालझेल, कचकच र षड्न्यन्त्र गरेका कारण संसद्को अवरोध हटाएको भन्दै राष्ट्रहीत विपरित ल्याईएको संशोधन प्रस्ताव कुनै हालतमा पास हुन नदिने दोहो¥याउनुभयो । हिमाल, पहाड र तराईमा मिलेर बसेका जनतालाई संविधान संशोधन गरेर अलग्यांउन खोजेको उहाँले आरोप लगाउनुभयो । उहाँले तत्काल तीनै तहको निर्वाचन गरेर संविधानको कार्यन्वयन तर्फ लाग्नुपर्ने आवश्यकता औंल्याउँनुभयो ।

फरक प्रसंगमा उहाँले आफ्नो भिजनकै कारण काठमाडौँमा लोडसेडिङ अन्त्य भएको दाबी गर्नुभयो । ओलीले नेपालमा रेलमार्ग निर्माण गर्ने, हावाबाट विजुली निकाल्ने आफुहरुको योजना भएको बताउदै मुलुकको समृद्धिको नेतृत्व एमालेले गर्ने जिकिर गर्नुभयो ।

Comments

comments

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Most Popular

To Top