INSIDE AUS

अष्ट्रेलिया अवसर र करियरको खानी हो : इन्दु लामिछाने,सिड्नी

indu-lamichhane

मेलबर्न । अष्ट्रेलिया नेपाली विद्यार्थीहरुको लागि राम्रो गन्तव्य बनिरहेको छ । नर्सिङ्ग विषयमा अझ बढी आकर्षण पाइएको छ । नर्सिङ्ग पढाई र नर्सिङ्ग कामको लागि बर्षेनी हजारौं नेपालीहरुले अष्ट्रेलियालाई आफ्नो रोजाईको देश बनाएका छन् । यहि हुलमा छिन्, इन्दु लामिछाने ।

बुटवल स्थायी घर भएकी इन्दु हाल, सिड्नीको अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटीकी विद्यार्थी हुन् । ऊनी नर्सिङ्ग विषयमा स्नातक तहमा अध्ययनरत छिन् । नर्सिङ्ग विषय उनको आफ्नै चाहना र रोजाई हो । विद्यार्थी जीवनलाई जीवनको सबैभन्दा सुनौलो पाटो मान्छिन्, ऊनी ।

इन्दुका अनुसार, विद्यार्थी जीवनले, बाँकी जीवनको लागि यादगार साथ र क्षणहरु दिन्छ । विद्यार्थी जीवनले नै समग्र जिन्दगीको लागि मार्गनिर्देशन गर्ने उनको धारणा छ । विद्यार्थी जीवन नै हो जहाँ लक्ष निर्धारण गरिन्छ र उक्त लक्ष्य प्राप्तिको लागि सिकाई र बाटोहरु पाइन्छ । तर कतिपय अवस्थामा विद्यार्थीहरु हतोत्साहित हुन्छन् । विभिन्न कारणहरुले गर्दा पढाईबीचमै छोड़छन् र कोही गलत बाटोमा पनि लाग्छन् । कतिपय अवस्थामा उनीहरुलाई प्रोत्साहन, प्रेरणा र पारिवारिक तथा व्यक्तिगत मार्गनिर्देशनको आवश्यकता रहन्छ । यदि त्यो आवश्यकता पूरा हुन सकेमा अझ विद्यार्थीले सफलताको सिंढी चढ्न सक्ने इन्दुको बुझाइ छ ।

कलेजमा लभ गर्नु ठिक होइन भन्ने मान्यता राख्ने इन्दु धेरैजसो सम्बन्धहरु भने कलेजबाटै सुरु हुने स्वीकार्छिन् । उनका अनुसार र कलेजको लेक्चरभन्दा लभ लेटर पढ्नु नै रमाइलो हुन्छ तर त्यो, केही क्षणको लागि मात्र । उनलाई कलेजको लेक्चरमा आफूलाई चाखलाग्दो सन्दर्भ भएन भने निन्द्रा लाग्छ । तर सपना देख्नेगरी चाहिं ननिदाउने बताउँछिन् उनी । उनलाई कहिलेकाहीं सपना देख्नेगरी कक्षामा निदाउन मन लाग्छ रे । भन्छिन्– त्यसरी निदाउन पाएँ भने साथीहरुसंग रमाइलो गरेकै सपना देखिन्छ होला ।

इन्दु, नेपालमा रहँदा, पूर्णरुपमा बाबा–आमा माथि निर्भर थिइन् । तर अष्ट्रेलियाले उनलाई पैसा व्यवस्थापन गर्न, आफ्नो काम आफै गर्न, समस्याहरुको समाधान निकाल्न, समय व्यवस्थापन गर्न सिकाएको छ । अहिले यहाँ आएर आत्मनिर्भर बन्न सकेकोमा उनी खुशी छिन् । परिवार र आफ्नो देशदेखि टाढा बस्नुपर्दा कहिलेकाहीं नरमाइलो लाग्ने सुनाउँछिन् उनी ।

सुरुमा अष्ट्रेलिया आउँदा नर्भस भएको र बेकारमा आएछु भनि पछुताएको उनले सम्झिइन् । तर अहिले, एक नर्सिङ्ग होममा काम गर्दै कामको अनुभव बटुलिरहेकी छिन् उनी । उनले यहाँ राम्रो करियर र प्रशस्त अवसरहरु देखिरहेकी छिन् । त्यसैले अहिले अष्ट्रेलियाको बसाईमा आफू खुशी रहेको उनी बताउँछिन् ।

अष्ट्रेलिया आउने चाहनेहरुको लागी इन्दुको सुझाव छ, “ आउनु अघि, भिसा सुविधा, यहाँको रहनसहन, पढाई र अवसरबारे राम्ररी बुझ्नुहोस् । अवसर आफैले खोज्ने हो । त्यसैले त्यसको लागि मेहनत र लगन आवश्यक पर्ने इन्दु बताउँछिन् ।

–कामना न्यौपाने

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Most Popular

To Top