INSIDE AUS

अष्ट्रेलिया सबैभन्दा लोकप्रिय ४५७ भिसाबारेको ७ जिज्ञासा र उत्तर

457-visa

१. ४५७ भिसा भनेको के हो ?

अष्ट्रेलियाका नागरिकद्वारा पूर्ति हुन नसकेका रिक्त व्यवसायिक पदमा विदेशी दक्ष कामदारहरुलाई नियुक्त गर्नको लागि सन् १९९६ देखि यो भिसा (४५७) लागू गरिएको हो । यो भिसामा परिवारलाई पनि संगै लैजाने अनुमति हुन्छ ।

२. कस्ता दक्षता र सीपलाई मान्यता दिईन्छ ?

पत्रकारिता, प्लम्बर, हवाई सम्बन्धि पेशा,इन्जिनियर्स लगायतका ६०० पेशाहरुलाई यस भिसाको लागि योग्य ठानिएको छ ।

३. कुन पेशाहरु प्राथमिकतामा छन् ?

हस्पिटालिटीलाई सबैभन्दा बढी प्राथमिकता दिईएको छ । त्यस्तै विज्ञानिक, प्राविधिक, स्वास्थ्य, सामाजिक,निर्माण आदि पेशालाई प्राथमिकता दिईन्छ ।

४. ४५७ भिसा लिने व्यक्तिहरुको आम्दानी कति हुन्छ ?

हस्पिटालिटी क्षेत्रमा आउनेहरुको आम्दानी औसतमा वार्षिक ५८,८००डलर आम्दानी हुन्छ । पद र कम्पनि अनुसार यस भिसा आउनेहरुले राम्रो आम्दानी गर्न सक्छन् ।

५. कति मानिसहरुले ४५७ भिसा प्रयोग गरेका छन् ?

सन् २०१६ को जुनसम्म यस भिसा अन्तर्गत ९५००० मानिसहरु अष्ट्रेलिया भित्रिएका छन् ।

६. कुन कुन देशका दक्ष कामदार यो भिसामा भित्रिएका छन् ?

पच्चीस प्रतिशत भारतबाट, सत्र प्रतिशत बेलायतबाट, छ प्रतिशत चीन र संयुक्त राज्य अमेरिका र अन्य फिलिपिन्स, फ्रान्स, इटाली आदि देशबाट आएका छन् । नेपालबाट आउनेको संख्या पनि बढ्दैछ ।

७. ४५७ किन विवादित छ ?

सस्तो तलबमा यी भिसा होल्डरहरुलाई काम लगाउन पाइने हुनाले अष्ट्रेलियाका स्थानीयलाई पदबाट बर्खास्त गरि विदेशी कामदार भित्र्याउने गरेको स्थानीयहरुको आरोप छ । साथै यो भिसामा आउनेहरु पूर्ण रुपमा स्पोन्सर व्यवसायीहरुमा निर्भर रहन्छन् । त्यसैले केही व्यवसायीहरुले कामदारहरुको शोषण गर्ने गरेको गुनासो आउने गरेका छ ।

–हिमालयन कङ्गारु करियर डेस्क

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Most Popular

To Top