मेलबर्न । अष्ट्रेलियाको इमिग्रेसन डिपार्टमेन्टमा बर्षेनी हजारौं भिसा आवेदनहरु आउने गर्छन् । धेरैजसो आवेदनहरू सफल भएपनि केहि आवेदनहरू “रिजेक्ट“ हुन्छन् । केही आवेदनहरुमा झुठा विवरण पेश भएको भेटिनाले रिजेक्ट हुन्छन् । साना–साना गल्तीहरुले गर्दा पनि कहिलेकाहीं भिसा आवेदन रेजेक्ट हुन्छन् ।

तर केही कुराहरुलाई विशेष ध्यान दिन सकियो भने मात्र पनि भिसा आवेदन सफल हुन सक्छ ।

१. आवेदनमा उल्लेख भएका प्रमाणहरु

प्रमाणहरु आवेदनमा महत्वपूर्ण हुन्छन् । सम्बन्धरु कागजी रुपमा प्रमाणित गरिएको हुनुपर्छ । योग्यता र काम गरेको अनुभवका पर्याप्त प्रमाणहरु पेश गर्नुपर्छ । स्वरोजगारको सन्दर्भमा, तेस्रो पक्षको कागजातहरुको महत्वपूर्ण भूमिका हुन्छ । निजी क्षेत्रका प्रमाणपत्रहरु भन्दा सरकारी प्रमाणपत्रहरु बढी विश्वसनीय मानिन्छन् ।

बैंक रेकर्डस , कर विवरण र कार्य अनुभवसंगै तलब बुझेका प्रमाणपत्रहरु बुझाउनुपर्दछ । बिजनेस भिसाको लागि, तपाईसंग पर्याप्त पैसा भएको प्रमाण दिनुपर्छ । अरुको नाममा रहेको पैसा वा सम्पत्ति पेश गर्नु हुँदैन ।

सम्बन्ध प्रमाणित गर्नको लागि बैंकको संयुक्त खाता, संगै बिदा मनाएका तस्बिरहरु बलिया प्रमाण बन्न सक्छन् ।

२. एकरुपता

आवेदनमा उल्लेख गरिएका कुराहरुमा “क्रस चेक“ हुनसक्छ । त्यसैले उल्लेख गरिएका कुराहरुमा एकरुपता हुनुपर्छ । एकरुपता नभएको खण्डमा कानूनी प्रक्रियाद्वारा आफूलाई सहि प्रमाणित गर्नुपर्ने हुनसक्छ ।

३. शुद्धता

कहिलेकाहीं साना साना गल्तीहरुले पनि आवेदन असफल हुनसक्छ । यसको लागि प्रत्येक सानो कुरामा समेत ध्यान दिनुपर्छ । आवेदनमा उल्लेख गर्ने जन्म मिति, विवाह मिति, काम गरेको वर्ष, इमेल अकाउन्ट प्रत्येक कुराहरु पेश गर्नुअघि आफैले रुजु गर्नुपर्छ ।

४. इमान्दारिता

आवेदन, प्रमाणपत्रहरु पेश गर्दा इमान्दार रहनुपर्छ । केही कुरामा झुठो विवरण, झुठो प्रमाणपत्र भेटिएमा भिसा आवेदनको लागि १० वर्षसम्म अयोग्य ठहरिन सकिन्छ । आफ्नो नराम्रो छाप नबसोस् भनेर सधै सतर्क रहनुपर्छ ।

५. व्यवस्थित

व्यस्थित रहनु जरुरि छ । प्रमाणपत्रहरु पेश गर्दा, प्रत्येक कुराहरुलाई महत्व दिएर पेश गरिनुपर्छ । भाषा अनुवाद गरेका प्रमाणपत्रहरु पेश गर्दा, ओरिजिनल सर्टि्फिकेट पनि संगै पेश गर्नुपर्छ शब्दहरु बुझ्नको लागि सरल हुनुपर्छ । डिजिटल प्रमाणपत्रहरुमा प्रत्येकमा नाम सहित पेश गर्नुपर्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus६. सामाजमा रहेको छवि र सामाजिक संजालको प्रयोग

सामाजिक र सामाजिक संजालमा सामाजिक रेकर्ड र प्रोफाइल चेक हुन सक्छ । त्यस्तै शैक्षिक योग्यता लिएको, तालिम लिएको संस्थाहरुको बारेमा पनि इमिग्रेसनले अनुसन्धान गर्न सक्छ । सम्बन्ध प्रमाणित गर्दा फोटोसप गरेर बनाएका फोटोहरु पेश गर्नुहुँदैन ।

७. समय र म्याद

समय र दिइएको म्यादलाई ध्यान दिनुपर्छ । प्रमाणपत्र पेश गर्दा कुनै पनि प्रमाणपत्र समय र म्यादभन्दा पछि पेश गर्नुहुँदैन । यसले गर्दा पूरा आवेदन रिजेक्ट हुनसक्छ ।

८. विस्तृत विवरणमा ध्यान

दिइएको निर्देशनहरु विस्तृतमा पढ्नुपर्छ । प्रत्येक हेडलाइन संगै दिएको विवरणमा ध्यान दिनुपर्छ । हेडलाइन मात्र पढेर दिएको विवरणमा गल्ती हुन सक्छ ।

९. सहि भिसा छनोट

भिसाको बारेमा पहिल्यै राम्रोसंग जानकारी लिनुपर्छ । कति प्रकारका भिसा छन् र आफू केको लागि जाने ? त्यसमा ध्यान पुर्याउनुपर्छ । आफू जान लागेको भिसाको नियमहरु, उपयोगिता आदिको बारेमा पूर्ण रुपमा जानकार हुनुपर्छ ।

१०. माइग्रेसन एजेन्टको सहयोग

माइग्रेसन एजेन्टको सहयोगले भिसा आवेदन दिने काममा सहयोग हुनुको साथै काम छिटो छरितो हुनसक्छ । तर एजेन्टको सहयोग लिंदा रजिस्टर्ड एजेन्टको मात्र सहयोग लिनुपर्छ ।

–हिमालयन कङ्गारु करियर डेस्क

Comments

comments