अष्ट्रेलिया

अष्ट्रेलिया निवासी गायक ईश्वर पोखरेललाई कसको झल्को आयो ? (भिडियो)

ishwor-pokhrel

मेलबर्न । विगत सात वर्षदेखि अष्ट्रेलियामा बस्दै आएका गायक ईश्वर पोखरेल अविरलको सांगीतिक सक्रियता निकै बढ्दो छ । यहाँको व्यस्त जीवनशैलीका वावजुद उनको एकपछि अर्को नयाँ नयाँ नेपाली गीत र म्यूजिक भिडियो सार्वजनिक भैरहेका छन् । केही समय अघि मात्र नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका गायक पोखरेलको फेरि अर्को म्यूजिक भिडियो रिलिज भएको छ ।

गायक पोखरेलले “तिम्रै झल्को आइदिन्छ ”बोलको गीत सार्वजनिक गरेका हुन् । उक्त गीतमा चर्चित संगीतकार अर्जुन पोख्रेलको संगीत रहेको छ भने शब्द पूजा पोख्रेल “अपेक्षा”को छ ।

अष्ट्रेलियाको मेलबर्न र सिड्नीका विभिन्न रमणीय क्षेत्रमा छायांकन गरिएको यस गीतको म्यूजिक भिडियोलाई जीवन रसाइलीले निर्देशन गरेका हुन् । उनी अष्ट्रेलियामा यतिखेर निकै व्यस्त निर्देशक मानिन्छन् ।

म्युजिक भिडियोमा रेम्बो अधिकारी र पुष्पा गिरिले अभिनय गरेका छन ।

पश्चिम नेपालको गुल्मीमा जन्मेका पोखरेलले “‘जानु पर्यो नि म त लाहुर” बोलको गीतबाट गायन यात्रा शुरु गरेका थिए ।

उनको “रात्तो रिबन” , “तिमी छैनौ त छैन शीतल”, “काली मोरी”, “मैले झैँ मर्नेबारे”, “मैले जति माया” लगायतका गीतहरु रिलिज भैसकेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Most Popular

To Top