जीवनशैली

Exclusive : अस्पतालभित्रै हुन्छ कमिसनको यस्तो फोहोरी खेल

drugs

काठमाडौं । अस्पताल र फार्मेसीहरु ब्यबस्थित गर्न सरकारले ऐन नियमहरुको व्यवस्था गरेका छन् तर सरकार कै स्वामित्वका प्रतिष्ठानहरुले नै ऐन नियमहरुको धज्जी उडाउँदै आएका छन । शिक्षण अस्पताल परिसरभित्र रहेको वीपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रले सर्वोच्चको आदेशविपरीत अस्पतालको हाताभित्रै निजी संस्थालाई फार्मेसी सञ्चालन गर्न दिएर महँगो भाडा मात्र लिएको छैन आफ्नो स्वामित्वमा संचालित नाम मात्रको फार्मेसीमा समेत फर्मासिस्टबाट औषधि समेत विक्रि गर्न जानेको छैन ।

एउटा व्यक्तिमात्र उभिन मिल्ने सानो बारिएको कठघरा जस्तो देखिने अस्पतालको आफ्नै स्वामित्वको फार्मेसी हो तर यहाँ आइड्रप र अप्रेसनमा चाहिने सर्जिकल समानहरु केहि मात्रमा पाइन्छ । यति सम्म कि यहाँ औषधि बिक्रि गर्ने फार्मासिस्ट छैनन् केहि महिना तालिमको भरमा पनि औषधि बिक्रि गर्न मिल्ने भनेर अस्पतालको आवश्यकता अनुसार नै जागिर खाएको तारा सुवालले बताइन्।

अस्पतालको परिसरमा नुवाकोट फार्मेसी र सागरिका फार्मेसी छन । नुवाकोट फार्मेसी संचालन गरिरहेका बद्रि उप्रेतीका अनुसार अस्पतालले महिनाको साढे तिन लाख भाडा लिएर औषधि पसल संचालन अनुमति दिएको बताए ।

अस्पतालले नियम विपरित निजीलाई औषधि पसल संचालन गर्न दिएको बिषयमा अस्पतालका निर्देशक डा आनन्द शर्माले मुख खोल्न मान्नु भएन । प्रसासन प्रमुख भीमबहादुर श्रेस्ठले भने अस्पतालको कमीकमजोरी स्वीकार गर्दै छिट्टै सुधार गर्ने बताउनुभयो

अस्पतालले यसरी खुल्लमखुल्ला लापरबाही गरेको देखेर पनि सम्बन्धित निकाय भने आँखा चिम्लिए झै अवस्था रहेका छन् । सर्वोच्च अदालतले २०७२ साल असार १३ गते सरकारी अस्पतालको हाताभित्र निजी औषधि व्यवसायीलाई फार्मेसी सञ्चालन गर्न अनुमति आम सर्वसाधारणको हितविपरीत हुने ठहर गर्दै अस्पताल आफैंले फार्मेसी सञ्चालन गर्नु पर्ने आदेश दिएको थियो । तर केहि अस्पतालहरुले आफ्नै स्वामित्व मा फर्मेसी त खोले , तर हात्तीको देखाउने दात जस्तो मात्र छ । न त बिरामीले खोजेका बेला औषधि पाएका छन् , न कमिसन को खेल र अस्पतालको नै लापरबाही घटेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Most Popular

To Top