काठमाडौं । नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले संविधान भित्र अधिकांश दलहरुको अन्तर्विरोध रहेको दाबी गर्नुभएको छ ।

उहाँले एकलाई मान्य हुने धारा अर्कोलाई मान्य नहुने स्थिति सिर्जना भएकोले संशोधन गरेर अघि बढ्नु उत्तम हुने बताउनुभयो । काठमाडौँमा आयोजित संविधान संशोधनको आवश्यकता विषयक अन्तरक्रिया कार्यक्रममा संयोजक भट्टराईले संविधानमा सबै समूहको सहमति खोज्नु भनेको फलामको चिउरा चपाए सरह भएको बताउनुभयो । उहाँले सहमति नभएका विषयलाई त्यतिकै थाति राखेर अघि बढ्नुभन्दा संशोधन गरेर अघि बढ्नु औचित्यपूर्ण हुने जिकिर गर्नुभयो ।

कार्यक्रममा उहाँले सबै पक्षलाई सहमतिमा ल्याउन संशोधन आवश्यक भएको उल्लेख गर्दै सबै दलहरु मिलेर यसलाई अघि बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

Comments

comments