जीवनशैली

भुस्याहा कुकुर नियन्त्रण गर्न महानगरपालिकाले छुट्यायो ८० लाख रुपैयाँ

dog

काठमाडौं । काठमाडौं महानगरपालिका कार्यालयले भुस्याहा कुकुर नियन्त्रणका लागि ८० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

यस्तै उपत्यकाका वधशाला व्यवस्थित गर्न पनि महानगरपालिकाले ५ करोड रुपैयाँ विनियोजन गरेको छ । महानगरपालिकाको २९ औं महानगर परिषदले आगामी आर्थिक वर्ष २०७४÷७५ को लागि ५ अर्ब ३७ करोड रुपैयाको बजेट विनियोजन गरेको छ । महानगरपालिकाले विनियोजन गरेको उक्त बजेटमा १ अर्ब ८३ करोड रुपैयाँको स्रोत आन्तरिक आयबाट प्राप्त हुने प्रक्षेपण गरिएको छ ।

काठमाडौँमा आयोजित कार्यक्रममा महानगरपालिकाले आन्तरिक आयको रुपमा स्थानीय करको योगदान ४५ प्रतिशत र गैर कर अनुदानको योगदान ५५ प्रतिशत रहने उल्लेख गरेको छ । कार्यक्रममा महानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङले उज्यालो काठमाडौं कार्यक्रमदेखि शहरी पूर्वाधार बिकास तथा सार्वजनिक निर्माण, जनस्वास्थ्य सामाजिक बिकास लगायतका कार्यक्रममा बिनियोजित रकम खर्च गरिने बताउनुभयो ।

कार्यक्रममा महानगरपालिकाले काठमाडौं उपत्यकाको शहरी यातायात सहज र सरल रुपमा सञ्चालन गर्न स्थापना हुने उपत्यका नगर यातायात लिमिटेडको सेयर खरिद गर्न २ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको छ ।

Comments

comments

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Most Popular

To Top