INSIDE AUS

स्टुडेन्ट टल्क : मिहिनेत र लगन लिएर अष्ट्रेलिया आउने कसैले दुख पाउँदैन

milan

मेलबर्न । नेपाल सरकारको शिक्षा मन्त्रालयको तथ्यांकले भन्छ–अष्ट्रेलिया अहिले वर्षेनी कम्तीमा १० हजार जना नेपाली विद्यार्थीहरुको गन्तव्यस्थल बनिरहेको छ । अरु भिसामा अष्ट्रेलिया आउनेको संख्या पनि ठूलै छ । यहाँको गुणस्तरीय शैक्षिक प्रणाली,जुनसुकै मुलुकका नागरिकलाई मिल्ने जीवनशैली र अध्ययनसँगै वा अध्ययनपछि पाइने रोजगारीको अवसरले गर्दा अष्ट्रेलिया नेपाली विद्यार्थीहरुको समेत रोजाईको मुलुक बनेकोमा कुनै शंका छैन ।

अष्ट्रेलियामा रहेका हजारौं नेपाली विद्यार्थीहरुमध्येका एक हुन्–मिलन कंडेल । चितवन घर भएका मिलन, हाल मेलबर्नमा बस्दै आएका छन् । उनी अष्ट्रेलियाको फेडेरसन विश्वविध्यालय अन्तर्गतको ए.टि.एम.सी कलेजमा अध्यनरत छन् । पढाईको लागि आफ्नो गन्तव्य अष्टे«लिया बनाएका उनले सूचना प्रविधि (आई.टि) विषय अध्ययन गरिरहेका छन् ।

शुरुमा सपनाको भरमा अष्ट्रेलिया आउँदा दुख पाएको निर्धक्क सुनाउने मिलन, अहिले आफूले त्यो दुखको प्रतिफल पाएकोमा खुशी छन् । अष्ट्रेलियाले उनलाई मिहिनेती बनाएको छ । उनी आफूलाई अष्ट्रेलियाको बसाइले आत्मनिर्भर बनाएको गर्वका साथ सुनाउँछन् । “जबसम्म आफ्नो लक्ष्यसम्म पुगिदैन, तबसम्म आफ्नो मिहिनेत र लगनमा विश्वास गर्दै अगाडि बढिरहनुपर्छ “ भन्छन् उनी ।

आफूमा मेहनत र लगन लिएर अष्ट्रेलिया आउने कसैले पनि दुख नपाउने उनको अनुभव छ । तर आफ्नो जीवनको लक्ष्यसंग कहिल्यै सम्झौता गर्न नुहने उनी बताउँछन् ।

त्यसो त अष्ट्रेलियामा विद्यार्थीहरुका लागि चुनौतीहरु नभएको होइन । उनको बुझाईमा यहाँ अझ चुनौतीका चाङहरु छन् ।

तर ती चुनौतीहरुलाई पन्छाउने साधन पनि उपलब्ध भएकोले सहज हुने उनको अनुभव छ । चुनौतीहरुसंग डटेर लड्नुपर्छ भन्ने मान्यता राख्छन् उनी । उनी भन्छन्,“ विद्यार्थी जीवन चुनौतीपूर्ण भएकोले, मलाई जीवनको यो खण्ड प्रिय लाग्छ“ ।

माया वा प्रेमका बारेमा पनि मिलनको आफ्नै मान्यता छ । उनका अनुसार मायामा पर्नु अथवा मायाका भावनाहरुलाई प्रकट गर्नु गलत होइन तर अनुशासनहीन भएर परिधि नाघ्नु चाहिं गलत हो । रमाइलो स्वभावका मिलनको लागि कक्षाको लेक्चर र प्रेमपत्रबीच तुलना नै गर्नै मिल्दैन । लेक्चरभन्दा प्रेमपत्र कैयौंगुना रोचक र मिठो हुने उनको अनुभव छ । त्यस्तै, उनलाई “जेन्स“ शिक्षकले पढाउँदा बोर लाग्छ भने कहिलेकाहीं “लेडिज“ शिक्षिकाको कक्षामा ती शिक्षिकासंगै रोमान्स गरेको सपनाको दुनियाँमा आफू हराउने गरेको सुनाए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Most Popular

To Top