मेलबर्न । नेपाली महिला क्रिकेटकी राष्ट्रिय क्याप्टेन रुविना क्षेत्री अष्ट्रेलियाको मेलबर्नमा सम्मानित भएकी छिन् । नेप्लीज एशोसिएसन अफ भिक्टोरियाले आइतवार कप्तान क्षेत्रीलाई स्वागतसँगै सम्मानित गरेको हो ।

सो अवसरमा कप्तान क्षेत्रीले नेपालमा महिला खेलाडीका लागि कम मात्र प्रतियोगिताहरु हुनेगरेकोप्रति गुनासो व्यक्त गरेकी छिन् । खेलाडीको विकासका लागि धेरैभन्दा धेरै प्रतियोगिता आयोजना गर्नुपर्ने उनको भनाई छ । कार्यक्रममा उपस्थितहरुको जिज्ञासाको जवाफ दिँदै कप्तान रुविनाले क्रिकेटको विकासका लागि निरन्तर प्रतियोगिता हुनुपर्ने आवश्यकता औल्याईन् । यसले खेलाडीको क्षमता अभिबृद्धिमा महत्वपूर्ण योगदान दिने उनको धारणा थियो ।

हाल रेनेगेड्समा मेलबर्नमा प्रशिक्षण खेलका क्रममा मेलबर्नमा रहेकी रुविनाले रेनेगेड्समा तालिम लिँदा र खेल्दा निकै राम्रो महसूस भएको बताईन् । क्लबबाट खेल्दा या अन्य कम्युनिटी गेमहरुमा खेल्दा कुनै फरक नपरे पनि देशको लागि राष्ट्रिय टिममा रहेर खेल्ने खेलाडीहरु अझ गम्भीर बन्नुपर्नेमा जोड दिईन् ।

त्यस अवसरमा उनले मेलबर्नमा पनि नेपाली महिला क्रिकेट टिम बनेको हेर्न चाहेको बताइन् ।

नेपाली महिला क्रिकेट टिमकी क्याप्टेन क्षेत्रीलाई भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जन, नेप्लीज एशोसिएसन अफ भिक्टोरियाका अध्यक्ष डा. अनुपम पोखरेल हिमालय क्रिकेट क्लबका अध्यक्ष बम योञ्जनले सम्मान गर्नुभयो । सम्मानपछि बोल्दै महावाणिज्यदूत योञ्जनले रुविनाको सफलताले नेपालीलाई गौरव गर्ने वातावरण बनाएको बताउनुभयो ।

यसैगरी हिमालय क्रिकेट क्लबका बम योञ्जनले उनीबाट नेपाली चेलीहरुले सिक्ने धेरै कुरा रहेको धारणा राख्नुभयो । कार्यक्रमको सञ्चालन अध्यक्ष डा. अनुपम पोखरेलले गर्नुभएको थियो भने न्याभको तर्फबाट बोल्दै भिक्टोरियन क्रिकेट सद्भावना दूत एवं उपाध्यक्ष तारा गैरेले रुविनालाई मेलबर्नमा स्वागत गर्न पाउँदा निकै खुशी लागेको बताए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments