काठमाडौं । विश्व फुटबल दुनियाँका यतिखेर स्टार क्रिस्टियानो रोनाल्डोको जर्सी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई उपहार प्रदान गरिएको छ ।

भारत भ्रमणमा रहेका पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो देशका चर्चित फुटबलर रोनाल्डोको जर्सी उपहार स्वरुप प्रदान गरेका हुन्।

भारत र पोर्चुगलका प्रधानमन्त्रीबीचको द्धिपक्षीय वार्तापछि कोस्टाले रोनाल्डोको ७ नम्बरको चर्चित राष्ट्रिय जर्सी उपहार स्वरुप भारतीय प्रधानमन्त्रीलाई प्रदान गरेका हुन्।

कोस्टा सात दिनको भारत भ्रमणमा छन्। मोदीलाई प्रदान गरिएको जर्सीमा रोनाल्डोको हस्ताक्षर पनि छ। रियल म्याड्रिडबाट व्यवसायिक फुटबल खेल्ने रोनाल्डो ४ पल्ट बालोन डिओर उपाधिबाट सम्मानित भइसकेका छन्।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments