अष्ट्रेलिया

अष्ट्रेलियाको मेलबर्नमा तमु ल्होछार २०१६ भव्यताका साथ सम्पन्न

lama

मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा गुरुङ समुदायको सांस्कृतिक पर्व ल्होछारको अवसरमा भव्य कार्यक्रम आयोजना गरिएको छ ।

तमु समाज भिक्टोरियाको आयोजनामा आइतबार मेलबर्नको इस्टोनिया हाउसमा तमु ल्होछार २०१६ भव्यताका साथ सम्पन्न भएको हो । कार्यक्रममा भिक्टोरियाका तमु समुदायका साथै अरु समुदायका नेपालीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । ल्होछारको शुभकामना र खुशी साटासाट गर्दै बाँदर वर्षको बिदाई गरि चरा वर्षको स्वागत गरियो ।

कार्यक्रममा निम्त्याइएका अतिथिहरुलाई खादा लगाई सम्मान गरिएको थियो । लामा गुरुद्वारा गरिएको बुद्धपूजा र आशीर्वादले कार्यक्रमलाई गहकिलो बनाएको थियो । कार्यक्रममा विभिन्न कलाकारहरुले नेपाली र गुरुङ भाषाको सांगीतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।

सो अवसरमा कलाकार र स्वयंसेवकहरुलाई प्रशंसा पत्र वितरण गरिएको थियो । कार्यक्रमको समापन गर्दै तमु समाज भिक्टोरियाका सभापति पहलमान गुरुङले ल्होछार कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गर्नुभयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Most Popular

To Top