नेपाल खबर

एमालेको ग्राण्ड डिजाइनमा संविधान संशोधन विधेयक संसदमा टेबुल

samsad

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका विपक्षी दलहरुको विरोधका बीच संविधान संशोधन विधेयक संसदमा पेश भएको छ । सर्वोच्च अदालतको पछिल्लो आदेशपछि लामो समयदेखिको संसद वैठकको अवरोध हटेको हो ।

आइतवार अपरान्ह १ बजेको लागि बोलाइएको संसद बैठक शोक प्रस्ताव पारित गर्दै अपरान्ह ३ बजे दोश्रो पटक बसेको थियो । दोश्रो पटक बसेको संसद वैठकमा सरकारले एमालेसहित विपक्ष दलमा रहेका ९ राजनीतिक दलका सांसदहरुको हो हल्लाबीचमा संविधान संशोधन विधेयक टेबल ग¥योे । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताको बैठकपछि सभामुख ओन्सरी घर्ती मगरले हो हल्लाका बीचमै संसद्को बैठक अघि बढाउँनुभएको थियो । सभामुखले कार्यसूची अगाडि बढाउनुभएपछि विपक्षी दलका सांसदहरुले नाराबाजी गरेका थिए । विपक्षी सांसदहरुको होहल्लाका बीच सभामुख घर्तीमगरले संशोधनविरुद्ध प्रेम सुवाल र चित्रबहादुर केसीले पेश गर्नुभएको विरोधको सूचना निर्णायर्थ प्रस्तुत गर्नुभएको थियो । उक्त प्रस्ताव बुहमतले अस्वीकृत भएको सभामुख घर्तीले घोषणा गर्नुभएपछि कानुनमन्त्री अजय शंकर नायकले संविधान संशोधन प्रस्ताव टेबल गर्नुभएको थियो ।

निर्वाचनको विधेयक पेश भएपछि विमलेन्द्र निधिको तर्फबाट अजयशंकर नायकले संशोधनको प्रस्ताव संसदमा पेश गर्नुभयो ।

त्यस्तै व्यवस्थापिका संसदको आइतवारको वैठकले अख्तियारका निलम्बित प्रमुख लोकमान सिंह कार्की विरुद्ध दर्ता भएको महाअभियोगलाई पनि महाअभियोग सिफारिस समितिमा पठाएको छ । वैठकले विभिन्न संसदीय समतिमा सदस्यहरुको हेरफेर समेत गरेको छ । वैठक सोमवार अपरान्ह १ बजे पुनः बस्नेछ ।

Comments

comments

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Most Popular

To Top