खेल

शुरु भयो नेपालमा फुटबलको सिजन,देशभर एकैसाथ फुटबलको रौनक

sag football

काठमाडौं । त्यसै भनिएको होइन फुटबल आम मानिसले बुझ्ने साझा भाषा हो भनेर । यही फुटबलको वहार वहेको छ अहिले नेपालमा पनि । सुदूरपूर्वको पाँचथरदेखि सुदूरपश्चिमको धनगढी सम्म बिभिन्न नामका गोल्डकप फुटबल प्रतियोगिताले देशभरीकै वातावरण फुटबलमय बनेको छ । नेपालको सन्दर्भमा पनि लोकप्रिय मानिएको फुटबलको यही व्यस्त आयोजनाले खेलाडीहरुमा थप निखार ल्याउन र नयाँ प्रतिभाको प्रस्फुटनमा पनि सहयोग पु¥याएको छ ।

नेपालका गाउँ , शहर र वस्तीहरुमा आयोजना हुने फुटबल प्रतियोगिताका लागि न कुनै सरकारी सहयोग चाहिन्छ नत कुनै दलहरुको आश्वासन नै । प्रतियोगिताहरु स्वतस्फुर्तरुपमा आयोजना हुन्छन र त्यस्मा फुटबलप्रेमी दर्शकहरुको अपार माया र साथ रहने गरेको छ । यही दर्शकको साथ नै हो नेपालका गाउँघरका फुटबललाई बचाउने महत्वपूर्ण आधारहरु । जस्ले मुलुककै फुटबललाई गर्विलो बनाउन र राष्ट्रको प्रतिष्ठामा योगदान पु¥याउन महत्वपूर्ण भूमिका निभाउदै आएको छ । झापाको काकड्भिट्टामा आयोजित मेची नेत्रालय गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा सशस्त्रको एपीएफलाई तीन शून्यले हराएर रमपम झापा ११ ले उपाधि उठाउँदा उता पाँचथर जारी फाल्गुनन्द गोल्डकपको उपाधिका लागि ताप्लेजुङको कर्णसिं सोनम स्मृति क्बल र बिर्ता युनाइटेड झापा ११ आइतबार भिड्दैछन ।

यता महाविनाशकारी भूकम्पमा पनि ज्यान गुमाएका खेल पत्रकार सुमन बम्जनको स्मृतिमा हेटौडामा आयोजित सुमन बम्जन स्मृति कप फुटबल प्रतियोगिताको उपाधि मनाङ मस्र्याङ्दीलाई दुई शून्यले हराएर नेपाली सेनाले उठाउँदा उत्ता धनगढीमा जारी प्रथम अन्तर्राष्ट्रिय आमन्त्रित सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको शनिबारको खेलमा व्वाइज युनियन काठमाडौंलाई टाइब्रेकरमा चार दुईले पन्छाउदै भागेश्वर गुप्र सुदुरपश्चिम क्वाटरफाइनलमा प्रवेश गरेको छ । यी प्रतियोगिताहरु भइरहदा बारामा सीमरा गोल्डकप , पोखरामा आहारारा गोल्डकप, झापामा झापा गोल्डकप , धरानमा बुढासुब्बा गोल्डकप र इलाममा माइभ्याली गोल्डकपको तयारी तीब्र पारिएको छ ।

यी आयोजनाहरु नेपालको फुटबलका लागि सुखद र सकारकात्मक पाइलाहरु हुन । देशका लागि फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पनि गतिविधि गर्न नसकिरहदा बिभिन्न क्लबहरुले गरेको यिनै प्रयासहरु मुलुकको फुटबलका लागि मलिला मैदानहरु सावित भएका छन् । खेलाडी व्यस्त छन् , व्यस्तता अनुसार उनीहरुको पकेटमा पैसा पनि भरिदो छ । फुर्सत नपाएका खेलाडीहरुले व्यस्त प्रतियोगिता मार्फत आफुहरुलाई थप निखारीरहदा आशलाग्दा नयाँ अनुहारहरु पनि मैदानमा देखिदो छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Most Popular

To Top