समाचार

एमाले अझै मुठभेडकै मुडमा

uml

काठमाडौं । नेकपा एमालेले सरकारले संविधान संशोधनको विधेयक आइतबार बस्ने संसद बैठकमा जबर्जस्ती गरेमा विरोध जनाउने निर्णय गरेको छ ।

सरकारले ल्याएको संविधान संशोधनको विधेयक फिर्ता नलिने र जबर्जस्ती टेबुल गरेमा एमालेले कडा जवाफ दिने निर्णय गरेको हो ।

नेकपा एमाले उपाध्यक्ष बामदेव गौतम निवासमा बसेको एमाले स्थायी कमिटीको बैठकले सर्वोच्च अदालतको संशोधनको विषयमा गरेको आदेश अनुरुप संसद अघि बढ्ने भन्दैमा सरकारले संशोधन विधेयक पास हुने सोच्नु गलत भएको जनाएको छ । बैठकले सरकारले जर्वजस्ती प्रस्ताव अघि बढाउन खोजेमा एमालेले विरोध गर्ने एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सचिव ज्ञवालीले सरकारले आफनो अडान प्रस्तुत गरे एमालेले गर्ने विरोधको हेक्का राख्न पनि सरकारलाई चेतावनी दिनुभयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Most Popular

To Top