मेलबर्न । नेपाली गीत र संगीतमा चासो राख्नेहरुका लागि गायक सविन राईको थप परिचय आवश्यक छैन । गुराँसको फेदमूनि जस्ता थुप्रै हिट गीतका कारण ५० र ६० को दशकमा निकै छाएका गायक सविनको स्वरुलाई मनपराउने श्रोता र दर्शकको संख्या कम छैन । पाँच वटा एल्बम निकालिसकेका उनले झण्डै एक दर्जन म्यूजिक अवार्ड र पुरस्कारहरु समेत जित्न सफल भएका छन् ।

युवा पुस्ताबीच लोकप्रिय उनै गायक सविन राई अष्ट्रेलियाको मेलबर्नका नेपाली श्रोता दर्शकहरुबीच प्रस्तुत हुने भएका छन् । मेलबर्नको थेरापी नाइट क्लबमा, १३ फेब्रुअरी २०१७, शुक्रबारका दिन हुने लाइभ म्युजिकल कन्सर्टमा गायक सविन राईको विशेष प्रस्तुति रहने भएको हो ।
सोही कन्सर्टमा “द फरोह“ को पनि प्रस्तुति रहनेछ ।

उक्त कन्सर्टको प्रवेश शुल्क ४० डलर र अग्रिम बुकिंग गर्नेहरुको लागी विशेष छुट सहित ३० डलर रहेको, आयोजकले जनाएको छ ।

sabin-rai-concert

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments