मेलबर्न। ड्रग स्मगलर मयूरन सुकुमारनकी आमाले छोराले कोरेका चित्रहरुको, मृत्युदण्ड रहित सजाय व्यवस्थाको सन्देश स्वरुप विश्वभर प्रदर्शन गर्ने चाहना रहेको बताएकी छिन् ।

सुकुमारनलाई अप्रिल २०१५ मा ८ किलो हेरोइन इण्डोनेसियाबाट अष्ट्रेलिया भित्र्याएको अभियोगमा मृत्युदण्ड दिइएको थियो । प्रदर्शन गर्ने भनिएका चित्रहरु सुकुमारनले आफू पक्रिएदेखि मृत्युदण्ड पाएको समयबीचमा बनाएका हुन् ।

जेलभित्र उनी सधै चित्र कोर्नमा तल्लीन हुन्थे । मृत्युदण्ड पाउनु एक दिन अगाडी आफ्नो अन्तिम चित्र बनाउँदै, उनले आमासँग भनेका थिए-‘अझै दुई वर्ष , नभए मात्र ६ महिना थप समय पाएको भए , मैले अझै राम्रा चित्रहरु बनाउन सक्थेँ ।’

सुकुमारनकी आमा चाहन्छिन्, आफ्नो छोरा जस्तै अरु कसैलाई पनि मृत्युदण्ड नदिईयोस । उनले भनेकी छिन्- ‘पहिला खराब भएर जेल बसेको मानिस, असल भएर निस्कन पनि सक्छ । उसलाई सुध्रिने मौक़ा दिइनुपर्छ, त्यस्तै सुध्रेमा सजाय मिनाहा गरिनुपर्छ । म यही सन्देश मेरो छोरोको माध्यमबाट संसारभर फैलाउन चाहन्छु ।’

Image Source:abc.net.au

Comments

comments