INSIDE AUS

अष्ट्रेलियाले करियर विकास र राम्रो जीवनस्तर दिलाउँछ : सतीश लामिछाने,विद्यार्थी

shatis

मेलबर्न । सिन्धुपाल्चोकको मेलम्ची घर भएका १९ वर्षीय, सतीश लामिछाने हाल मेलबर्नको ट्रोब विश्वविद्यालयमा आई.टी विषयमा अध्ययनरत छन् । अध्ययनको लागि अष्ट्रेलिया आएका उनी आफूले सोचेको र भोगेको अष्ट्रेलियामा निकै अन्तर भएको बताउँछन् । अष्ट्रेलियाले आफूलाई आत्मनिर्भर बन्न सिकाएको बताउने उनले यहां राम्रो करियर र जीवनस्तरको अवसर भएको बताए । प्रस्तुत छ उनीसँग गरिएको रमाइलो कुराकानी यो स्टुडेन्ट टल्कमा ।

तपाईको घर कहाँ हो ?

मेरो घर सिन्धुपाल्चोक जिल्लाको मेलम्चीमा हो । तर पढ़ाई भने काठमाण्डौमा गरेको हूँ ।

अहिले कहाँ पढ्दै हुनुहुन्छ ?

अहिले म मेलबर्नको ट्रोब विश्वविद्यालयमा पढ्दै छु ।

कुन विषय पढ्दै हुनुहुन्छ ?

म सूचना प्रविधि (आई.टी) विषय पढ्दैछु ।

आफैंले रोज्नुभएको विषय कि परिवारले ?

म चिकित्साशास्त्र पढ़न चाहन्थें तर धेरै महंगो शुल्क हुनेभएकोले आई. टी विषय रोजेर अष्ट्रेलिया आएको हूँ । मलाई विषय चयनमा परिवारबाट कहिल्यै दबाब आएन ।

विद्यार्थी जीवन किन रमाइलो ?

मेरो लागि विद्यार्थी जीवन पाठशाला धाउने मात्र नभई जिन्दगीलाई बुझ्ने अवसर हो । विद्यार्थी जीवनले नै मलाई आत्मविश्वासका साथ जिउन सिकाएको छ ।

कतिखेर विद्यार्थी जीवन नरमाइलो लाग्छ ?

मलाई विद्यार्थी जीवन कहिल्यै नराम्रो लागेन ।

विद्यार्थी जीवनमा लभ गर्नु ठीक हो ?

लभ गर्नु भनेको आफ्नो भावना व्यक्त गर्नु हो । जो कोहीसँग हुनै पनि बेला प्रेम भावना हुन सक्छ । त्यो प्रकट गर्नु उसको अधिकार हो । त्यसैले यसलाई म गलत मान्दिनँ ।

लभ लेटर मीठो कि कलेजको लेक्चर ?

लेक्चर त बोरिङ नि ! लभ लेटर नै मिठो लाग्छ । सायद यो मेरो किशोरावस्थाको लक्षण होला ।

कक्षामा कतिखेर निन्द्रा लाग्छ ?

एकोहोरो बोरिङ लेक्चर भयो भने निन्द्रा लाग्छ ।

कक्षामै निदाउँदा देखेको कुनै सपना ?

त्यस्तो सपना नै देख्ने गरी त निदाएको छैन है ।

अष्ट्रेलियामा आएर के सिक्नुभयो ?

म आत्मनिर्भर हुन सिकें । मम्मीले पकाएर दिएको खाने, बाबाले कमाएर दिएको पैसा खर्च गर्ने बानी परेको म, यहाँ आएर आफ्नो काम आफै गर्न थालें । स्वनिर्णय गर्ने क्षमता विकास गरिदियो । यसअर्थमा , अष्ट्रेलियाले मलाई जीवन जिउन सिकायो ।

अष्ट्रेलियाको सकरात्मक पक्ष के पाउनुभयो ?

लगनशीलता र मेहनती हुने हो भने अष्ट्रेलियाले करियर विकास र राम्रो जीवनस्तर दिलाउँछ ।

नकरात्मक पक्ष नि ?

काम र पढाई दुबैको प्रेसरले थिचिन्छ । काममा जानु,कलेज जानु,कलेजको गृहकार्य सक्नु र ती सबैलाई व्यवस्थित गरेर लैजान चुनौती हुन्छ ।

नेपालमा बसेर कल्पना गरेको अष्ट्रेलिया र यहाँ आएपछि के फरक पाउँनुभयो ?

नेपालमा बसेर सोचे जस्तो सजिलो छैन यहाँको जीवन तर सहनशीलता र लगनशीलता आफूमा विकास गर्न सक्यौं भने अष्ट्रेलियाले धेरै कुरा दिन सक्छ । अष्ट्रेलिया आउनुअघि दुख सँग जुध्न सक्छु ,कडा मेहनत गर्छु भनेर मानसिक रुपमा आफूलाई तयार गर्नुपर्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Most Popular

To Top