अष्ट्रेलिया

अभिनेता सौगातको अष्ट्रेलियामा भव्य स्वागतको तयारी

sabda

मेलबर्न । नेपाली चलचित्र क्षेत्रका स्थापित अभिनेता सौगात मल्लको अष्ट्रेलियामा भव्य स्वागत गरिने भएको छ ।

स्मार्ट एक्सेस अष्ट्रेलियाले अभिनेता मल्ल र अभिनेत्री कमली वाईवाको स्वागतमा अष्ट्रेलियामा रेड कार्पेट कार्यक्रमको समेत आयोजना गर्दैछ । मल्ल र वाईबा अभिनित नयाँ नेपाली चलचित्र शब्दको प्रिमियर शोको अवसरमा स्मार्ट एक्सेसले भव्य कार्यक्रम गर्ने तयारी गरेको हो ।

शब्द चलचित्रको अष्ट्रेलिया टुर यही जनवरी १३ मा सिड्नीबाट शुरु हुनेछ । यस्तै शब्ददको दोस्रो प्रदर्शनी पनि सिड्नीमै हुनेछ ।
चलचित्र शब्द मेलबर्नमा पनि प्रदर्शन हुने कार्यक्रम छ । जनवरी १५ मा हुने मेलबर्न प्रिमियरमा समेत अभिनेता सौगात र अभिनेत्री कमली सहभागी हुनेछन् । जनवरी १६ मा मेलबर्नमै शब्दको दोस्रो शो हुने तय भएको छ ।

मेलबर्नपछि सौगात र कमलीको जोडी अष्ट्रेलियाकै ब्रिसबेनका लागि रवाना हुनेछन् । ब्रिसवेनमा पनि शब्दको २ शो तय भएको छ । जस अन्तर्गत १७ र १८ जनवरीमा ब्रिसवेनका नेपाली दर्शकहरुले शब्द हेर्न पाउँनेछन् ।

मेलबर्नमा अभिनेता सौगात अभिनेत्री कमलीको सम्मानमा मिट एण्ड ग्रीड कार्यक्रम समेत तय गरिएको छ । नेपाली नाटक र चलचित्र क्षेत्रका वहुप्रतिभाशाली अभिनेतालाई स्वागत गर्न पाउँदा आफूहरु निकै गौरवन्धित भएको स्मार्ट एक्सेस अष्ट्रेलियाका कम्पनी निर्देशक विभुषण जोशीले बताउँनुभयो ।

सन्तोष शिवाकोटीले निर्देशन गरेको चलचित्र शब्दमा सौगात र कमलीका साथमा अनुभव रेग्मी,रोयदीप श्रेष्ठ र अर्जुन गुरुङ लगायतको अभिनय रहेको छ । सामाजिक हास्य प्रधान यो चलचित्र नेपालमा पनि जनवरी १३ मै रिलिज हुँदैछ ।

sabda

Comments

comments

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Most Popular

To Top