अष्ट्रेलिया

अष्ट्रेलियाको मेलबर्नमा क्रिकेट कप्तान रुबिना क्षेत्री सम्मानित हुँदै

rubina

मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा नेपाली राष्ट्रिय महिला क्रिकेट टीमकी कप्तान रुबिना क्षेत्रीसँग अन्तरक्रिया कार्यक्रमको आयोजना हुने भएको छ । सोही अवसरमा अष्ट्रेलियावासी नेपाली समुदायको तर्फबाट कप्तान रुविनालाई सम्मानित समेत गरिनेछ ।

रुबिना क्षेत्री मेल्बर्न रेनेगेडसँग बिग बाश लीग क्रिकेटमा सहभागी हुन र थप तालिमको लागि हाल मेल्बर्नमा रहनुभएको अवसरमा सो कार्यक्रम आयोजना गरिएको, आयोजक “नेपालीज एसोसिएसन अफ भिक्टोरिया“ ले जनाएको छ । ८ जनवरी २०१७ आइतबारका दिन मेलबर्नको हिमालयन क्रिकेट क्लब, टी .डब्लू ब्लाक पार्क, ७४ गोवर स्ट्रीट, प्रेस्टनमा हुने उक्त कार्यक्रममा क्रिकेट कोच हुस हनिफको संयोजकत्वमा, रुबिना क्षेत्रीको साथमा नेपाली किशोरी तथा बालिकाहरुको क्रिकेट खेल समेत हुनेछ ।

दिउँसो ४ बजे संचालन हुने यस कार्यक्रममा नेपाली समुदायद्वारा क्रिकेटर रुबिना क्षेत्रीको सम्मान गरिनेछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form

career-in-aus

Comments

comments

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Most Popular

To Top