INSIDE AUS

सन् २०१६ मा अष्ट्रेलियाको भिसा नीतिमा भएका महत्वपूर्ण परिवर्तनहरु

aus-visa

मेलबर्न । सरकारले सन् २०१६ मा ल्याएको नयाँ नीति तथा अरु आन्तरिक र बाह्व कारण देखाई अष्ट्रेलियाको भिसामा केही महत्वपूर्ण परिवर्तन गरेको छ । अष्ट्रेलियाले गरेको भिसा नीतिमा गरेको ती परिवर्तन र संशोधनले तपाईहरुलाई पनि प्रभाव पारेको हुनसक्छ । त्यसैले सन् २०१६ मा अष्ट्रेलियाको भिसामा गरिएका केही परिवर्तन वा संशोधनका कारेमा यहाँ संक्षेपमा चर्चा गर्दैछौं ।

विद्यार्थी भिसा

अष्ष्ट्रेलियाले जुलाई १, २०१६ देखि “सिम्प्लिफाइड स्टुडेन्ट भिसा“ लागू गर्यो । जसमा यी नियमहरु समावेश गरिएको थियो

१. जुनसुकै पाठ्यक्रमको लागि पनि, विदेशी विद्यार्थीहरुले सिंगल विद्यार्थी भिसा (सबक्लास ५०० ) को लागि आवेदन दिनुपर्ने छ ।

२.विद्यार्थीका अभिभावकले अर्थात डिपेन्डेन्ट भिसामा आउनेले विद्यार्थी अभिभावक भिसा (सबक्लास ५९०) को लागि आवेदन दिनुपर्नेछ ।

३. सबै विद्यार्थी तथा विद्यार्थी अभिभावकहरुले अनलाइनमा अकाउन्ट खोली त्यसैमार्फत आवेदन दिनुपर्नेछ ।

कामदार भिसा  

१. सबक्लास ४०० अस्थायी काम (छोटो बसाई ) भिसा
२.सबक्लास ४०३ अस्थायी काम ( अन्तरराष्ट्रिय सम्बन्धन ) भिसा
३.सबक्लास ४०७ तालीम भिसा
४.सबक्लास ४०८ अस्थायी कार्य भिसा

अवैध व्यापार र कार्यहरु रोक्न छोटो भिसा अवधिको लागि स्पोन्सरशीप र नोमिनेसन प्रक्रिया हटाई अस्थायी भिसा कार्य छिटो छरितो बनाउनको लागि नयाँ ढांचा लागू गरिएको हो ।

उद्यमी भिसा

उद्यमीलाइ प्रोत्साहन गर्ने हिसाबले सेप्टेम्बर २०१६ देखि नयाँ उद्यमी भिसा ल्याएको छ । नयाँ व्यवस्था अनुसार तेस्रो पक्षको उपस्थितिमा ४२००,००० डलर पूंजीमा उद्यमीको रुपमा अष्ट्रेलियामा लगानी गर्न पाउनेछ । यो भिसा अष्ट्रेलियामा स्थायी बसोवासको लागि एउटा सहज बाटो हो ।

अस्थायी अभिभावक भिसा

सेप्टेम्बर २०१६ देखि पांच वर्षको अवधिको लागि आफ्ना अभिभावकहरुलाई अष्ट्रेलियामा ल्याउन पाउने व्यवस्थासहित अष्ट्रेलिया सरकारले अस्थायी अभिभावक भिसा नीति ल्याएको छ ।

स्टे कट ४५७ भिसा

नोभेम्बर २०१६ मा अष्ट्रेलियन सरकारले ४५७ भिसामा रहेका कामदारहरुलाई रोजगारीको समाप्ति पछि ६० दिन मात्र अष्ट्रेलियामा रहन पाउने सूचना दियो । यसभन्दा पाहिले ९० दिन रहन पाउने नियम थियो । यससँगै विदेशी कामदार ल्याउन पाउने पेशाहरु पनि कटौती गर्ने अष्ट्रेलिया सरकारको योजना रहेको छ ।

विद्यार्थीहरुको लागि अतिरिक्त अंक

दक्ष जनशक्तिलाई आकर्षण गर्ने हिसाबले विभिन्न २१ क्षेत्रका विदेशी विद्यार्थीहरुको लागि पांच अतिरिक्त अंक थपिने निर्णय पनि अष्ट्रेलियाले सन् २०१६ मा गरेको छ ।

पिएचडी तहको लागि

सन् २०१६ मै अष्ट्रेलियन सरकारले गरेको नयाँ व्यवस्थापछि क्यानबेराबाट पिएचडी गर्ने विदेशी विद्यार्थीहरु स्वतः रुपमा दक्ष बसाई सराई भिसाको लागि योग्य ठहरिनेछन् ।

-हिमालयन कङ्गारु करियर डेस्क

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Most Popular

To Top