अष्ट्रेलिया

अष्ट्रेलियाको मेलबर्नमा आइतवार तमु ल्होछार मनाइदै

tamu

मेलबर्न । यो समय विश्वभर नै नयाँ वर्षको उत्सव मनाउँने बेला हो । ईश्वी सम्वत्को नयाँ वर्ष र ल्होछार यही समयमा पर्दछ ।

यसैबीच नेपालका गुरुङ समुदायले आफ्नो नयाँ वर्षका रुपमा सांस्कृतिक पर्व तमु ल्होछार हरेक वर्ष पुस १५ मा मनाउँने गर्दछन् । यस वर्ष पनि तमु ल्होछार धुमधामले मनाइयो भने केही मुलुकहरुमा अझ पनि ल्होछारको सन्दर्भ पारेर विविध कार्यक्रमहरुको आयोजना गरिदैछ ।

अष्ट्रेलियाको मेलबर्नमा पनि आउने आइतवार ८ जनवरीमा तमु ल्होछारको अवसरमा विशेष कार्यक्रम हुने भएको छ । तमु समाज भिक्टोरियाको आयोजनामा स्थानीय इष्टोनियन हाउसमा हुने ल्होछार कार्यक्रममा नेपाली खाना,सांस्कृतिक नृत्य,विभिन्न कलाकारहरुको प्रत्यक्ष गायन,रेड कार्पेट फोटो शुट लगायतका आकर्षणहरु रहने आयोजकले जनायो । सोही कार्यक्रममा लामा गुरुहरुबाट नयाँ वर्ष शुभ र सुखद रहोस् भन्ने कामना सहित शुभआशीर्वाद वाङ् प्रदान गर्ने कार्यक्रम समेत रहेको बताइएको छ ।

यस वर्ष बाँदर वर्गलाई विदाई गरि चरा वर्ग अर्थात झ्यल्हो छार मनाइदैछ ।

Comments

comments

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Most Popular

To Top