अष्ट्रेलिया

अष्ट्रेलियाको मेलबर्नका नेपालीलाई लुट्ने यस्तो छ तयारी

loot-2

मेलबर्न । नेपाली मेगा हिट फिल्म लुटको सिक्वेल अब रिलिजको तयारीमा रहेको छ ।

लुट २ निर्माणको घोषणा भए लगत्तै नेपाल र विभिन्न मुलुकमा रहेका नेपाली दर्शकहरुमा यो फिल्म हेर्ने अतुरी बढेको थियो । अझ यही लुट टु फिल्ममा समावेश गीत ठमेल बजारले लिएको बजारले दर्शकहरुमा यो फिल्म हेर्ने अभिलाषा बढेको छ ।

दर्शकहरुमा रहेको यही क्रेजलाई मध्यनजर गर्दै लुट २ फिल्म अष्ट्रेलियाको मेलबर्नमा पनि प्रदर्शन गरिने भएको छ । यसको व्यवस्थापन नेप्ले इभेन्ट्सले गर्दैछ । दर्शकहरुको ओभर फ्लो हुने आशंकामा मेलबर्नमा दुईवटा शोको व्यवस्था गरिएको नेप्ले इभेन्ट्सले बतायो ।

मेलबर्नमा लुट २ को प्रिमियर आगामी फेब्रुअरी २६ मा चाइना टाउन सिनेमा हलमा गरिदैछ । त्यसको भोलिपल्ट नै अर्थात फेब्रुअरी २७ मा दोस्रो शो हुने व्यवस्था मिलाइएको छ ।

सौगात मल्ल,दयाहङ राई र ऋचा शर्मा लुट २ का पनि प्रमुख कलाकार हुन् । निश्चल बस्नेतको निर्देशन रहेको लुट फिल्मको डिमाग लगा पासा डिमाग भन्ने संवाद निकै हिट छ ।

मेलबर्नमा हुने लुट २ को टिकट खरिद अनलाइनबाट समेत गर्न सकिने प्रबन्ध मिलाइएको बताइएको छ ।

यहाँका नेपाली दर्शकहरु पनि लुट २ हेरेर हाँसो र मनोरञ्जन लुट्न र लुटाउन अहिलेदेखि नै व्यग्र प्रतीक्षामा छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Most Popular

To Top