INSIDE AUS

अष्ट्रेलियामा ब्याचलर डिग्रीबिना नै पोष्ट ग्राजुएसन कसरी गर्ने ?

students_classroom

मेलबर्न । पोस्ट ग्रेजुएशनको अध्ययनले कार्यदक्षता, व्यक्तित्व निखार हुनुका साथै नेतृत्व क्षमतामा अभिबृद्धि गर्दछ । धेरै मुलुकहरुले पोष्ट ग्राजुएशन अर्थात स्नातकोत्तर तहसम्मको अध्ययनलाई मात्र शैक्षिक योग्यता मान्दै आएको छ ।

त्यसो त विभिन्न माध्यमबाट सिकेका कुराहरुले एउटा विश्वबिद्यालयको पाठ्यक्रमले जत्तिकै भूमिका निर्वाह गर्न सक्छन् । आफूले गरेको कामको अनुभव र अरु भोगाई, सिकाईलाई आफ्नो अध्ययनको श्रोतको रुपमा विकास गर्न सकिन्छ । तर कहिलेकाहीं विभिन्न कारणहरुले गर्दा आफ्नो अध्ययनलाई थाती राख्नुपर्ने अवस्था आइपर्छ । त्यस्ता व्यक्तिहरुले पछि फेरि आफ्नो छुटेको पढाईलाई निरन्तरता दिन चाहेर पनि धेरै मुलुकहरुको शैक्षिक प्रणालीले गर्दा पाउँदैनन् । तर तुलनात्मक रुपमा अष्ट्रेलियाको शैक्षिक प्रणाली अलि फरक मात्र होइन प्रोत्साहित गर्ने खालको छ ।

के अष्ट्रेलियामा रोकिएको अध्ययनलाई निरन्तरता दिन सकिन्छ ? कसरी निरन्तरता दिने ?

तपाईंसँग ब्याचलर डिग्रीको प्रमाणपत्र छैन तर पोष्ट ग्राजुएसन गर्न चाहनुहुन्छ ? यदि हो भने अष्ट्रेलियामा तपाईंको पोष्ट ग्राजुएसन अध्ययन गर्ने त्यो चाहना र सपना पूरा हुन सक्छ । तर यसको लागि भने सम्बन्धित क्षेत्रमा पांच वर्षसम्म काम गरेको कार्य अनुभव हुनुपर्नेछ । पांच वर्षे कार्य अनुभवलाई ब्याचलर डिग्रीको अध्ययन सरह मानिनेछ । त्यसैले त्यही अनुभवको आधारमा तपाईले पोष्ट ग्राजुएसन कोर्स गर्न सक्नुहुन्छ जुन विश्वव्यापी रुपमा मान्य हुनेछ । पोष्ट ग्राजुएसनको अध्ययनले तपाईलाई आफ्नो कार्य क्षेत्रमा थप दक्ष समेत बनाउने छ । त्यस्तै तपाईंसँग अझ सात वर्षको कार्य अनभव भएमा, पोष्ट ग्राजुएसनको लागि एडभान्स स्ट्याण्डिङ समेत पाउनुहुनेछ । अर्थात तपाईले सहज रुपमा पोष्ट ग्राजुएसनमा भर्ना पाउनुहुन्छ ।

यदि कामको सुरुवात गर्दा तपाईंसँग उच्च शिक्षाको प्रमाणपत्र थिएन भने पनि, तपाइको हालको कार्य अनुभवको सहयोगले तपाईले पोष्ट ग्राजुएसन अध्ययन गर्न सक्नुहुनेछ । यसरी तपाईले पाउनुहुने पोष्ट ग्राजुएसनको डिग्री पनि अष्ट्रेलियन क्वालिफिकेशन फ्रेमवर्कभित्रै पर्दछ । यसको फाइदा के छ भने यदि ग्राजुएशन डिप्लोमाको प्रमाणपत्र तपाईंसँग छ भने मास्टर्सलाई निरन्तरता दिन सक्नुहुनेछ ।

तपाईको हालको योग्यता र अध्ययनका बाटोहरुको विस्तृत जानकारीहरु विभिन्न युनिभर्सीटीका वेभसाइटहरु मापÞर्mत थाहा पाउन सक्नुहुनेछ । यस्तै तपाईको अहिलेको ज्ञानले कसरी मद्दत गर्न सक्नेछ र कुन पाठ्यक्रम तपाईको लागि उपयुक्त हुनेछ, यसबारेमा पनि धेरै अष्ट्रेलियन करियर काउन्सिलिङ अनलाइनहरुबाट जानकारी लिन सकिनेछ ।

त्यसैले मेरो पढाइ छुट्यो,अथवा शैक्षिक योग्यता पुगेन भनेर चिन्तामा बस्नुको साटो बरु कसरी अगाडिको पढाइ पूरा गर्ने भन्ने खोजीनीतिमा लाग्नु बुद्धिमानी हुनेछ । किनभने अष्ट्रेलियाको शैक्षिक प्रणाली यति सम्पन्न छ कि सकभर यसले कसैलाई निराश हुन दिदैन । कुनै न कुनै विकल्प यहाँको शैक्षिक प्रणालीमा जरुर हुन्छ ।

-हिमालयन कङ्गारु करियर डेस्क

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Most Popular

To Top