मेलबर्न । कास्कीको पोखरा घर भएका सुनिल सापकोटा अहिले मेलबर्न कलेजमा एकाउन्टिङ विषय अध्ययन गर्दैछन् । अध्ययनकै लागि अष्ट्रेलिया आएका उनको अनुभवमा अष्ट्रेलियामा विद्यार्थीहरुका लागि विश्वस्तरीय डिग्री र करियरको अवसर दुवैछ । नेपालमा बसेर सोचेको र यहाँ आएर भोगेको अष्ट्रेलियामा निकै अन्तर रहेको बताउँने सापकोटा भन्छन्–अष्ट्रेलियाले जीवनमा संघर्ष गर्न सिकायो । ठूलो कुरा आफ्नो खुट्टामा उभिन सिकायो । प्रस्तुत छ उनीसँग गरिएको रमाइलो कुराकानी यो स्टुडेन्ट टल्कमा ।

तपाईको घर कहाँ हो ?

मेरो घर कास्कीको पोखरामा हो ।

अहिले कहाँ पढ्दै हुनुहुन्छ ?

म चाल्र्स डर्विन विश्वविद्यालय अन्तर्गत म मेलबर्नको कलेजमा पढ्दैछु ।

कुन विषय पढ्दै हुनुहुन्छ ?

म एकाउन्टिङ विषय पढ्दैछु ।

आफैंले रोज्नुभएको विषय कि परिवारले ?

म आफैंले रोजेको विषय हो ।

विद्यार्थी जीवन किन रमाइलो ?

विद्यार्थी जीवनमा धेरै साथीहरुसँग बसेर हरेक दिन नयाँ नयाँ कुराहरु सिक्न पाइन्छ । हाँसो,ठट्टा गर्न पाइन्छ । त्यसैलले विद्यार्थी जीवन रमाइलो लाग्छ ।

कतिखेर विद्यार्थी जीवन नरमाइलो लाग्छ ?

जब साथीहरु टाढा हुन्छन् । कहिलेकाहीं आफूले सोचेको जस्तो नहुँदा पनि नरमाइलो लाग्छ । अनि साथीहरुसँग छुट्टिने बेला अझ सबैभन्दा बढी नरमाइलो लाग्छ ।

विद्यार्थी जीवनमा लभ गर्नु ठीक हो ?

लभ भन्ने कुरा एक अर्कालाई बुझेर गर्नुपर्छ । तर धेरैजसो कलेजमा पढ्दा गरेको लभ कलेजसँगै सकिएको देख्छु । त्यसे लभ चाहिं नगरेको राम्रो ।

लभ लेटर मीठो कि कलेजको लेक्चर ?

हाहाहा । त्यो त भन्नै पर्दैन । किनकि पढ्नलाई त लभ लेटर नै मीठो नि ।

कक्षामा कतिखेर निन्द्र लाग्छ ?

जब टिचरले एकोहोरो लेक्चर दिन्छ । त्यतिखेर कुनै दोहोरो संवाद वा कुराकानी भएन भने निन्द्र लाग्छ ।

कक्षामै निदाउँदा देखेको कुनै सपना ?

त्यसरी सपना नै देख्ने गरि चाहिं कक्षामा निदाउन पाएको छैन । तर झुलेर बस्दा पछाडिबाट टिचरले हानेर झसँग पारेको अनुभव चाहिं धेरै छन् ।

अष्ट्रेलियामा आएर के सिक्नुभयो ?

अष्ट्रेलिया आएर आफ्नै जीवनलाई बुझें । मेरो क्षमता के हो ? मैले के गर्नसक्छु भन्ने जानें । दुख नगरि केही प्राप्ति हुन्न भन्ने बुझें । पहिला खर्च चाहियो भने आमासँग माग्थें । कहिलेकाहीं नदिनुहुँदा रिसाएर फन्केर हिड्थें । तर यहाँ आएर आफैंले दुख गरेर पैसा कमाउन परेपछि बल्ल थाहा भयो पैसा कमाउँन कति गाह्रो रहेछ भनेर ।

अष्ट्रेलियाको सकरात्मक पक्ष के पाउनुभयो ?

सबैभन्दा सकरात्मक पक्ष भनेको मान्छेलाई समयको महत्व बुझाउँछ अष्ट्रेलियाको जीवनशैलीले । अर्को कुरा मान्छेलाई व्यवहारिक र परिश्रम गरेर आत्मनिर्भर बनाउन सिकाउँछ ।

नकरात्मक पक्ष नि ?

अष्ट्रेलिया आउने वित्तिकै धेरै नेपालीहरु आफ्नो संस्कार र संस्कृति भुलेर यहाँको पाश्चात्य संस्कृतिमा भुलेको देखें भने अधिकांश नेपालीहरु केवल पैसाकैपछाडि दौडिरहेको पाउँछु । त्यसले उनीहरुलाई एकोहोरो बनाएको देख्छु । यो चाहिं अलि ठीक लाग्दैन मलाई ।

नेपालमा बसेर कल्पना गरेको अष्ट्रेलिया र यहाँ आएपछि के फरक पाउँनुभयो ?

हाहाहा । नेपालमा बसेर सोचेको र अहिले यहाँ आएर देखेको अष्ट्रेलियामा आकाश जमिनको फरक पाइन्छ । नेपालमा बस्दा सजिलो सोच्छौं । कलेज जाने र काम गर्ने । तर यहाँ आएर त्यही काम गर्न कति गाह्रो हुँदो रहेछ भन्ने भोगेपछि मात्र थाहा हुन्छ । जिन्दगी संघर्ष हो भन्थे मान्छेहरु,यहाँ आएपछि हो रहेछ भन्ने थाहा भयो । केही काम गर्नुअघि यहाँ १० पटक सोच्नुपर्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form

career-in-aus

Comments

comments