काठमाडौं । अंग्रेजी नयाँ वर्षका दिन आइतवार ढाका टोपी दिवस मनाइदैछ ।

नेपालीहरुको पहिचान ढाका टोपी भएकाले नेपालीलाई विश्वभर चिनाउन भन्दै केही युवाहरुले तीन वर्षअघि अंग्रेजी नयाँ वर्षका दिन ढाकाटोपी दिवस मनाउने अभियान चलाएका थिए ।

ढाकाटोपी दिवसले राष्ट्रिय मान्यता नपाए पनि तीन वर्षदेखि युवाहरुले अंग्रेजी नयाँ वर्षका दिन ढाका टोपी दिवस मनाउने अभियान चलाएका हुन् । डा लेखनाथ काफ्ले, शंकर बञ्जाडे लगायतका युवाले सामाजित सञ्जालमा पेज बनाएर जनवरी १ तारिखमा नेपाली टोपी लगाउँ भन्ने अभियान चलाएका थिए ।

विगतका वर्षमा जस्तै यस वर्ष पनि नेपाली टोपी लगाएर नेपालीपनका साथ अङ्ग्रेजी नयाँ वर्ष मनाउन उनीहरुले आह्वान गरेका छन् । यो अभियानमा विश्वभर रहेका नेपाली युवाहरुले साथ दिँदै आएपछि उक्त अभियान सार्थक बन्दै गएको छ ।

ढाका टोपीले नेपालीपनको प्रवद्र्धन हुने भएकाले युवाहरु उत्साहित देखिएका छन् । नेपालमा पछिल्लो समय राष्ट्रियताको मुद्दा पेचिलो बनिरहेकाबेला यस्तो अभियानले सार्थकता पाएको दिवस आयोजकहरुले बताएका छन् ।

Comments

comments