मेलबर्न । अष्ट्रेलियाको प्रतिष्ठित क्रिकेट क्लब मेलबर्न रेनेगेड्सले बालबालिकाहरुका लागि वृहत क्रिकेटशालाको आयोजना गर्ने भएको छ ।

आगामी जनवरी ५ तारिखका दिन आयोजना गर्न लागिएको टी २० साँझमा एक सयजना बालबालिकाहरुले सहभागी बन्ने अवसर प्राप्त गर्नेछन् । अहिलेसम्म क्रिकेट नखेलेका बालबालिकाहरुको लागि यो कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ । तर ८ वर्ष पूरा भई १२ वर्ष ननाघेको हुनुपर्नेछ । मेलबर्नस्थित इथियद स्टेडियममा हुने टी २० साँझ साँझ ५ बजेदेखि शुरु भएर बेलुकी ८ बजेसम्म जारी रहनेछ । सो अवसरमा बालबालिकाहरुले क्रिकेटका दक्ष प्रशिक्षकहरुबाट क्रिकेटका आधारभूत सीप सिक्न पाउनुका साथै मनपर्ने खेलाडीहरुसँग प्रत्यक्ष भेट्न पाउनेछन् ।

सो अवसरमा खेलाडीहरुसँग बालबालिकाहरुले प्रत्यक्ष कुराकानी समेत गर्न पाउनेछन् । साथै रंगशालाको ठूलो स्क्रिनमा फिल्म समेत प्रदर्शन गरिनेछ । कार्यक्रममा सहभागी हुन चाहने बालबालिकाहरुका लागि दर्ता प्रक्रिया चलिरहेको आयोजकले बतायो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments