काठमाडौं । माघ महिना आउन अझै २० दिन बाँकी छ । तर माघ संक्रान्तिमा अत्याधिक खपत हुने तरुल भने अहिलेदेखि नै काठमाडौंको बजारमा भित्रिन थालेको छ ।

बजारमा तरुल भित्रिएसँगै कारोबार पनि बढ्न थालेको छ । मुख्य थोक बजार कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बजारमा अहिले हरियो तरकारी भन्दा तरुलको माग बढ्न थालेको छ ।

माघे संक्रान्तिमा धेरै कारोबार हुने गरेको तरुलको कारोबार अहिलेदेखिनै हुन थालेको छ । अहिले बजारमा तीन थरीका तरुलमात्रै भित्रिरहेका छन् । स्कुसको जरा, सर्लाहीको तरुल र रातो तरुल बजारमा प्रशस्त मात्रामा भित्रिरहेको छ ।

अबको एक हप्तापछि वन तरुल, हात्तिपाइले तरुल, मुढे तरुल भित्रने थोक बिक्रेता भगवानचन्द्र उप्रेतीले बताउनुभयो । बजारमा आइतबार स्कुसको जरा किलोको एक सय रुपैयाँ, सर्लाहीको तरुल ३५ देखि ३६ रुपैयाँ र रातो तरुल किलोको ६० रुपैयाँ थोक मूल्यमा कारोबार भइरहेको छ ।

Comments

comments