काठमाडौं । हरेक वर्ष डिसेम्बर २५ का दिन विश्वभर क्रिसमस पर्व मनाइन्छन् । ईसाई धर्मावलम्बीहरुको मूख्य पर्व मानिने क्रिसमस अहिले सबै धर्म र समुदायले साझा पर्वका रुपमा मनाउँने गर्दछन् । सामाजिक सम्बन्ध बढाउन र एक अर्काबीच मिलेर बस्न प्रेरित गर्ने पर्वहरु मध्ये यो पनि एक हो । भगवान सबैको एक हुन् भन्ने सिकाउने यो पर्व केहि देशमा धार्मिक दृष्टिले हेरिन्छ भने अधिकांश देशमा सामाजिक पर्वका रुपमा मनाइन्छन् ।

नेपालमा पनि डिसेम्बर २५ का दिन सबै धर्म र समुदायका युवायुवतीहरु यो पर्वलाई पनि सामाजिक चाडको रुपमा मनाउँने गरेका छन् । काठमाडौँको दरबारमार्ग, ठमेल जस्ता पर्यटकीय गन्तव्यको रुपमा स्थपित ठाउँहरुमा गएर रमाइलो गर्ने गर्दछन् । नेपाल बाहेक अन्य देशमा पनि यो एउटा सामाजिक पर्वकै रुपमा मनाउँछन् ।

छिमेकी मुलुक भारतमा पनि क्रिसमस पर्वलाई दिपावली जस्तै गरि भव्यताका साथ मनाइन्छ । सडकमा क्रिसमसका रुखहरु राखेर , झिलिमिली पारिन्छ । यद्यपी भारतमा पनि हिन्दुहरुको बाहुल्यता बढि छ तर पनि त्यहाँ क्रिसमस आफनै पर्व जस्तै गरि मनाइन्छ । चीन र जापानमा बौध धर्म मान्नेहरुको संख्या धेरै छ । दुवै देशमा इशाई धर्म मान्ने समुदाय एक प्रतिशत मात्र छन् । तर त्यहाँका सडकहरु पनि क्रिसमसमा झिलिमिली पारिन्छ । पर्यटकहरुलाई आफनो देशको अनुभुति दिलाउन र मित्रताको सम्बन्ध बनाउनको लागि ती देशहरुमा विभिन्न परिकारहरु बनाईन्छ र रमाईलो गरिन्छ ।

यता ईटालीमा भने क्रिसमसमा सान्टा क्लजको भन्दा पनि सडकहरुमा बुढी आइमाईका मुर्तिहरु राखिन्छ । गर्मी याममा क्रिसमस मनाउँन पाउँने एक मात्र देश अष्ट्रेलियामा पनि सन्त क्लजको ठाउँमा राष्ट्रिय जनावर कङ्गारुलाई टोपी लगाइदिने प्रचलन छ ।
विश्वभर मनाइने यो पर्वले विश्वका सबै धर्म एक हुन् भन्ने सन्देश दिने गर्दछ । यसबाट भातृत्व,मित्रता र आपसी सद्भावको बलियो सन्देश प्रवाह भैरहेको छ ।

Comments

comments