अष्ट्रेलिया

अष्ट्रेलियामा भाडा माझेर के बिराए ?

manoj bidari

–मनोज बिँडारी

अष्ट्रेलिया आउने नेपाली स्टुडेन्टहरुको बारेमा आजकाल निक्कै ट्रोलहरु बनाएको देखिन्छ । ती अधिकांशमा भाँडा माझ्ने भनेर खिसी गरेको देखिन्छ ।
“भाडा माझ्ने“ भनेर बिल्ला गर्ने साथीहरुले सोच्नुपर्छ कि स्टुडेन्ट लाइफ कहिपनि सजिलो हुदैन भनेर । आफ्नो खुट्टामा आफैं उभिदा हाँसोको पात्र बनाइन्छन् कसैले भने तिनीहरु आफैं मूर्ख हुन् ।

फेरि काम गर्नेहरु कहिल्यौं सानो हुँदैनन् । हल्लेर हिड्नेहरु पो को ठूला भएका छन् र ?

अष्ट्रेलियामा आएका नेपाली मात्र हैन सबै देशका स्टुडेन्टहरुले केही न केही काम गरेर आफ्नो ट्युसन फि तिरिरहेका हुन्छन् ।

यिनै भाडा माझ्नेहरुहरुले भोलि स्टुडेन्ट लाइफ सकेपछि जुन प्रगति र उन्नति गर्छन्,त्यो देखेर अहिले हाँसोमा उडाउँने व्यक्तिहरु आफैं दंग पर्नेछन् । किनभने यी भाडा माझ्नेहरुले कामको महत्व बुझेका छन् र काम गरेर फल पनि पाउछन् ।  नेपालीहरुमा काम सानो र ठूलो भनेर छुट्याउने परम्परा नै गलत छ ।

सोचौं त तपाई हामी हिड्ने सडक कसैले सफा गरिदिएनन् भने के होला ? तपाईं हामी घुम्ने गार्डेनमा कसैले फूल रोपिदिएनन् भने त्यहाँ रंगीविरंगी फूल कसरी फुल्छन् ? तपाईं हामीले फालेका फोहरमैला नगरसेवकहरुले घिन मानेर उठाइदिएनन् भने सहर कस्तो होला ? तपाईं हामी बस्ने होटेलहरुमा कसैलेसरसफाइ गर्दिएनन् भने के होला ?

तपाई हामी हिड्ने सडक कसैले सफा गरिदिएनन् भने के होला ? तपाईं हामी घुम्ने गार्डेनमा कसैले फूल रोपिदिएनन् भने त्यहाँ रंगीविरंगी फूल कसरी फुल्छन् ? तपाईं हामीले फालेका फोहरमैला नगरसेवकहरुले घिन मानेर उठाइदिएनन् भने सहर कस्तो होला ? तपाईं हामी बस्ने होटेलहरुमा कसैलेसरसफाइ गर्दिएनन् भने के होला ?

भाडा माझ्नेहरु तपाईहरुको नजरमा त्यति नै तल्लो स्तरको हो भने तपाईले घरमा खाना खाएपछि भाडा माझ्दिने तपाईको आमा, दिदी, बहिनी वा श्रीमतीलाई कुन स्तरमा राख्नुहुन्छ ?

त्यसैले श्रमको सम्मान गर्न सिक्नुहोस् । आफ्नो काम गर्दिनेलाई स्यावासी दिन र धन्यवाद भन्न सिक्नुहोस् ।

बाबु आमाले कमाइदिएको सम्पत्ति लाजै नमानी खर्च गर्दा आफूलाइ ठूलो मान्ने कि मिहिनेत गरेर आफ्नो पौरखमा उभिने कुरालाइ ठूलो मान्ने ?
पढेलेखेकाहरुले काम गर्न हुन्न, घुम्ने कुसीमा बसेर मात्र बस्नुपर्छ भन्ने बुझाइ नै गलत छ ? किनभने अब त नपढेका मान्छे नै को होलान् र ?

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Most Popular

To Top