जीवनशैली

लोडसेडिङ अन्त्य हुने सम्भावना बढ्यो

loadshedding

काठमाडौं । अर्को सातादेखि भारतबाट ४० र त्यसपछि अर्को ४० मेगावाट गरी थप ८० मेगावाट विजुली आउने निश्चित भएपछि यसपालि हिउँदमा लोडसेडिङ नहुने सम्भावना देखिएको छ ।

पुस महिनाभर लोडसेडिङ गर्नु नपर्नेमा बिद्युत् प्राधिकरण ढुक्क छ भने त्यसपछिका दिनमा सकेसम्म लोडसेडिङ नहुने गरी व्यवस्थापन गर्न लागिएको छ ।

भारतले पुस १७ देखि नेपाललाई ढल्केबर – मुजफ्फुर अन्तरदेशीय सिमापार प्रशारण लाईन थप ४० मेगावाट बिजुली दिने सम्झौता गरेपछि हिउँद यामको बिद्युत् आपूर्ति व्यवस्थापनमा सहज हुने प्राधिकरणको बिद्युत व्यापार विभागका प्रमुख प्रबल अधिकारीले बताए । हाल उक्त प्रशारण लाइनबाट ८० मेगावाट बिजुली आयात भइरहेको छ ।

नयादिल्लीमा भारतीय कम्पनी एनभीभीएन ९ एनटीपीसी बिद्युत् व्यपार निगम  र बिद्युत् प्राधिकरणका पदाधिकारीबीच बिहीबार बिद्युत खरिद सम्झौता भएपछि नेपालले ४० मेगावाट थप बिजुली पाउने भएको हो ।

Comments

comments

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Most Popular

To Top