एजेन्सी । अपहरणकारीको अपहरणमा परेको लिबियाको एउटा यात्रुवहाक विमानमा सवार सबै यात्रु र चालक दल सकुशल मुक्त भएका छन् ।

उनीहरुलाई अपहरणकारी आफैंले करिब ६ घण्टापछि सकुशल रिहाइ गरिदिएका हुन् ।

११८ जना सवार अफ्रिकीयह एयरवेजको उक्त विमान अपहरण गरि अपहरणकारीहरुले माल्टा विमानस्थलमा अवतरण गराइएको थियो । ए थ्रीटुजेरो कल साइन भएको उक्त एयरवास लिबियाको आन्तरिक उडानमा रहेको बेला अपहरणमा परेको थियो । दुईजना अपहरणकारीहरुले विमानलाई वमले उडाइदिने धम्की दिई विमानलाई जबर्जस्ती अन्यत्रै मोड्न बाध्य बनाएको समाचारमा उल्लेख छ । त्यस लगत्तै माल्टाका प्रधानमन्त्री जोसेफ मस्कटले ट्वीट् गर्दै आफ्नो देशको विमानस्थलमा गैरकानूनी अवतरण गराइएको पुष्टि गरेका थिए । माल्टा विमानस्थलमा ठूलो संख्यामा सुरक्षा फौजको परिचालन गरिएको थियो ।

तनावका कारण माल्टाका नियमित विमान उडानहरुलाई भने आकस्मिक रुपमा इटालीको सिसीली आइल्याण्डतर्फ डाइभर्ट गराइएको थियो । विमानमा दुई अपहरणकारी सहित एकसय एघार जना यात्रुहरु रहेका थिए । अपहरणकारीहरुको परिचय नखुले पनि उनीहरुको हातमा लिवियाका पूर्व शासक मोहम्मर गदाफि समर्थक पार्टीको हरियो झण्डा रहेको विविसीले जनाएको छ ।

त्यसैले उनीहरु गद्दाफीकै समर्थक रहेको अनुमान गरिएको छ । अपहरणकारीहरुले कुनै माग समेत नराखेको बताइएको छ । गद्दाफीका समर्थकहरुले हालसालै छुट्टै पार्टी गठन गरेको र त्यसैको उपस्थिति देखाउन विमान अपहरणको प्रोपोगान्डा गरेको हुनसक्ने अनुमान गरिएको छ ।

Comments

comments