नेपाल खबर

मुस्ताङका पूर्व राजाको निधन

mustangk

मुस्ताङ । मुस्ताङका पूर्व राजा जिग्मे पर्वल विष्टको निधन भएको छ ।

उहाँको उपचारका क्रममा काठमाडौँको ओम अस्पतालमा शुक्रवार विहान निधन भएको हो ।

काठमाडौंको बौद्धमा परिवारसहित बस्दै आउनुभएका ८४ वर्षीय विष्टलाई उच्च रक्तचापका साथै युरिक एसिडको समस्या थियो ।

विसं २०६२÷०६३ को जनआन्दोलनसम्म उपल्लो मुस्ताङको शासन सत्तामा शक्तिशाली रहेका पूर्वराजा विष्ट त्यसयता भने निष्क्रिय हुनुहुन्थ्यो ।

आधा नेपाली र आधा तिब्बती भाषा बोल्ने पूर्वराजा विष्ट नागरिकका समस्या सुनेर निर्णय लिने, कम बोल्ने, असहाय, गरिब तथा वृद्धवृद्धालाई सम्मान गर्ने बानीका कारण उपल्लो मुस्ताङमा लोकप्रिय हुनुहुन्थ्यो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form

career-in-aus

 

Comments

comments

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Most Popular

To Top