काठमाडौं । उन्नाइस वर्ष मुनिको एसिया कप क्रिकेटमा नेपालले शुक्रबार भारतसँग खेल्दै छ । खेल श्रीलंकाको कोलोम्बोमा विहान सवा १० बजे हुने छ ।

बिहीबार भएको खेलमा नेपालले टेष्ट मान्यता प्राप्त राष्ट्र श्रीलंकालाई कडा टक्कर दिएर नेपाली टोली उच्च मनोबलमा छ भने भारत नेपालको खेल देखेपछि नेपाललाई सजिलो आँक्न नहुने मनस्थितीमा पुगेको छ ।

उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल श्रीलंकासँग एक रनले पराजित भएको थियो । जितका लागि २ सय २८ रनको लक्ष्य पछ्याएको नेपाल खेल सकिन ३ बल अघि २ सय २६ रन बनाएर अल आउट भयो ।

बिहीबारै भएको खेलमा भारतले मलेसियालाई २३५ रनले पराजित गरेको थियो । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा श्रीलङ्का, भारत र मलेसिया तथा समूह बि मा पाकिस्तान, अफगानिस्तान, सिङ्गापुर र बङ्गलादेश छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form

career-in-aus

Comments

comments